श्री जागृती आधारभुत बिद्यालय बढैयाताल २ फुटाहाका ६० जना दलित विद्यार्थी लाई बिहीबार करिब ८० हजारको स्कुल पोशाक सहित न्यानो कपडा स्विटर, टोपी वितरण गरिएको छ । नेपालगन्जका अयुर्बेद डाक्टर अनिल कुमार चौधरी, सुनचाँदी ब्यापारी रामाशंकर बालेमुन्न, समाजसेवी नरेश अग्रवाल, अभिषेक चौधरी, कृष्ण बिक , शुन्दर मान बिश्वकर्म लगायतको सहयोगमा बितारण गरिएको हो । न्यानो कपडा बढैयाताल ३ भोलागौढीका समाजसेबी कुल बहादुर बिकको सहजीकरणमा वितरण गरिएको हो । कपडा बितरण गर्दा बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य, चन्द्रकला बिक लागयतको सहाभागिता थियो ।