फेसबुकमा के लेखे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल ? - Dastabej

फेसबुकमा के लेखे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल ?

जनताको सार्वभौमसत्ताको प्रयोग पनि चुनाववाटै हुन्छ।


  • दस्तावेज

  • नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सामाजिक सन्जालमा निकै कृयाशिल छन् । उनले दैनिक तीन चार वटासम्म स्टाट्स लेख्न गरेका छन् । संविधान बिघटनपछि उनले प्रधानमन्त्री केपी शार्मा ओलीको बचाउमा सामाजिक सन्जालमा सार्वजनिक रुपमै प्रस्तुत हुने गरेका छन् । उनको स्टाटसमा पक्ष र विपक्षमा कमेन्ट हुने गरेको छ । यो समाचार तयार पारिरहँदा सात घण्टा अघि फेसबुकको स्टाटसमा उनले गरेको पोष्टमा ५५० कमेन्ट र ४४ शेयर भएको छ । ११ सयले लाईक गरेका छन् ।
    उनले गरेको पोष्ट यस्तो छ ।
    १) आवधिक निर्वाचन लोकतन्त्रको स्तम्भ हो। चुनावले नयाँ सोच र नेतृत्वको ढोका खोल्छ । जनताको सार्वभौमसत्ताको प्रयोग पनि चुनाववाटै हुन्छ।
    त्यसअघि उनले अर्को पोष्ट गरे ।
    १) मुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि।
    यो पोष्टमा १ हजारले कमेन्ट गरेका छन् भने १४१ दले सेयर गरे । ३ हजारले लाईक गरेका छन् ।
    त्यसअघिको पोष्ट यस्तो छ ।
    १) ट्रम्पको एउटा उत्तेजना भड्काउने ट्विटले उनलाई नै अप्ठारोमा पार्यो । प्रचण्ड कमरेड यसरी भड्काउ भाषण गरेर मुलुकको हित होला र?
    २)कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे
    माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड रु
    विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र रु यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?
    ३)प्रचण्ड कमरेडहरुले भनेझै संसद मासेकोरसंसदको हत्या गरेको नभै नया जनादेश मार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नया संसदको खोजी भएको हो, नया युगतर्फको यात्राका लागि।
    ४)आफुले भने झै भए संविधान सम्मत नभए सेटिङ् भन्नुको अन्तर्य स्पष्ट छ । जनतामा जानु न अलोकतान्त्रिक हो नत संविधान विरुद्धको कदम नै।
    ५)पार्टी एकताको रक्षाका लागि गरिएका प्रयासहरु किन असफल भए भनेर कमरेडहरु प्रश्न गर्नुहुन्छ । म कति कुरा बताउ भनेर अन्योलमा पर्छु ।प्रतिनिधि सभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिए जनार्दन शर्माको साथमा ।त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिए । तर कमरेड प्रचण्ड त्यस प्रति एकरती पनि सकारात्मक देखिनु भएन । मेरो तर्फवाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन । उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ । उहाँ सहमतिमा होइन, समिकरणको वाटोवाट सत्तामा पुग्ने हतारोमा हुनुहुदो रहेछ । नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम वेहोर्दै छौ ।
    पार्टी एकता समयको माग र आवश्यकता थियो । दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफुलाई प्रस्तुत गर्नु भो । हामीले बैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि वढ्नु उचित हुने सुझाव दिएका थियौ । तर उहाँहरुले भावनात्मक कुरा गर्नु भो । हामीले त्यसलाई स्विकार गर्यौ । तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन । भएको शक्तिसमिकरणका माध्यमवाट अघि वढ्नेकुरामा नै हमेसा रुची देखियो । तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो । तर पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरुलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ । एकातिर कमरेड केपीको साथमा रामवहादुर थापा वादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल । यसले पनि नयाँ शिरावाट आन्दोलनलाई पूनर्गठन गर्ने अवसर प्रदान गरेको छ ।
    नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाईमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो । नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव चर्चा गर्नुहुन्थ्यो । वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो । तर दुनियामा एउटा क्रान्तिवाट युगको परिवर्तन हुन्छ । तर हामी कहाँ तीनवटा क्रान्ति पछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन । यस्तो किन रु पुरानो पुस्ताका नेताले खोज्ने कोशिस कहिले गर्नु भएन । कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो । उहाँलाई चारैतिरवाट घेरावन्दी गरियो र अपमानजनक हिसावले पार्टी र आन्दोलनवाट वाहिर पठाउने कोशिस गरियो । कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नु पर्दछ । यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक विद्रोह हो । नयाँ युगतर्फको पाइला हो ।
    नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ । मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो । नौ सदस्यिय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौती थियो । पश्चिमा मुलुकहरुले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए । समाजवादी चिनले पनि त्यसको समाधान खोजिसकेको छ । तर हामीले पद्धतिगत सुधारको साटो नेतृत्वको व्यवस्थापनमा जोड दियौ र आजको संकटलाई आमन्त्रण गर्यौ।
    मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरु भित्र पनि भविष्यमा यही प्रकृतीको समस्या नआउला भन्न सकिन्न । अहिले प्रचण्ड र माधव कमरेडहरुका बीचमा चलिरेहको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ ।
    कतिपय कमरेडहरु नयाँ शिरावाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।
    आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमती रहेछन् । प्रतिनिधिसभा विघटन परिणाम हो । कारण होइन । कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो । आउनुहोस् नयाँ जनादेशको वाटोवाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकतावद्ध गरौ । पार्टी पद्धतीको सुधारका माध्यमवाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौ ।

  • ९ माघ २०७७, शुक्रबार ०७:१३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा