जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेको मैटहवा माबीमा संचालन भइरहेको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको आज फाइनल खेल हुने भएको छ । आज हुने फाइनल खेलमा आयोजक जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।
जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।