स्वार्गीय श्याम थापा फुटबलको उपाधि जयकिसानलाई - Dastabej

स्वार्गीय श्याम थापा फुटबलको उपाधि जयकिसानलाई

प्रतियोगितामा विधागत उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ ।


  • सुनिल रेग्मी

  • जयकिसान स्पोर्ट्स क्बलको आयोजना संचालन भएको स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको उपाधि जयकिसान स्पोटर््स क्लब ‘ए’ ले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मसुरिया फुटबल एकेडेमीलाई २–० ले हराउँदै जयकिसनले उपाधि उचालेको हो ।
    उपाधिका लागि जयकिसान स्पोटर््स क्लबका खेलाडी बिक्रमसिंह ठकुरीले दुई गोल गरे उनले खेलको ३७ र ५९ मिनेटमा गोल गरेका हुन् ।
    उपाधि उचालेको जयकिसानले नगद एकलाख पाँच हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यसैगरी उपविजेता बनेको मसुरिया एकेडेमीले नगद ५५ हजार रुपैयाँ पायो ।
    प्रतियोगितामा विधागत उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद तथा मेडलले सम्मान गरिएको छ ।
    प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रुपमा मसुरिया एकेडेमीका दिवस बोहोरा सम्मानित भए ।
    त्यसैगरी उत्कृष्ठ गोलकिपरमा जयकिसानका सुजित विसी र सर्वाधिक गोलकर्ता पनि जयकिसानका बिक्रमसिंह ठकरी बने ।
    खेलाडी तथा टिमलाई बाँके बर्दिय मैत्री समाजका सरक्षक दीपक शाही, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्रविक्रम थापा ‘पुकार’ एवम् क्लबका अध्यक्ष दीपु रानालगायतले सम्मान गरेका थिए ।
    मैटहवा माविको फुटबल मैदान सम्पन्न भएको प्रतियोगिता भारतिय दुई टिमसहित १७ फुटबल टिमले सहभागिता जनाएको थिए ।
    प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन रहेको थियो ।

  • ९ माघ २०७७, शुक्रबार २०:०२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार