नेपालगन्ज । कुनै जमाना थियो, ठाउँ चिनाउन मान्छे चाहिन्थ्यो । नेपाल चिनाउने मिथिलाका सिता थिईन् । नेपाललाई चाइनामा चिनाउन भृकुटी भईन् । पश्चिम तराई (२४४३) चिनाउन गौतम बुद्धलाई मानियो । धेरै चिनाउँछन् यसै गरी । बर्दिया त्यसै चिनिएन । मान्छेले सकेनन् जनावर प्रयोग गरियो । बाघ । गैडा । अनि नाम दिईयो । बर्दिया राष्टिय निकुञ्ज । पश्चिम नेपालको केन्द्र विन्दु कोहलपुर । जहाँ स्याल कराउँथे । त्यो भन्दा उत्तर पूर्व एउटा जंगल थियो । जहाँ मान्छे बस्थे । तर, जनावर बस्छन् भन्ने अनुमान गरिन्थ्यो । मथुरा जस्तै एउटा बेनाम गाउँ अहिले गाभर मिनि भ्याली भनेर चिनिन्छ । चिनाउने को होला ? हो त्यही नाम हो कृष्ण ।
पुरा नाम कृष्ण चौधरी । जसले एउटा नचिनिएको गाउँ । नसुनेको गाउँ । तर चर्चामा त्यही गाउँ । जहाँ आजकाल नगएर कोही पनि बस्न सक्दैन । गाभर । अलिकती कुरा गरौ ‘१ दशक पहिलेको सपना पुरा पुरा भयो । गुमनाम गाउमा नया अवधारणा लागु गर्न सहज थिएन । तर अहिले सिंगो गाउले पर्यापर्यटन मार्फत सामुदायिकरुपमा आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने मससुस गरेका छन् । यसमैमा मलाई गर्ब लाग्छ ।’
यो गाउ कसरी भ्याली भयो ‘तराईमा भ्याली हुदैन तर भयो । कसरी ? कृष्ण भन्छन्, ‘भयो । भूगोलले भएन होला । तर ब्यवहारमा भ्याली भयो त ।’
त्यही गाभर सँग जोडिएको बाँके राष्टिय निकुञ्ज । निकुञ्ज स्थापना भएकै कारण गाभरलाई गाभर बनाउन लागे कृष्ण । जहा देख्न पाइन्छ । पाटे बाघ र चौसिंगा ।
बाकेको कोहलपुर चौराहा । जसले लुम्बिनी, शुदुर पश्चिम र कर्णालाी प्रदेशलाई जोड्छ । हो । त्यसी चोक देखि उत्तर लाग्नुस् । धेरै होईन । ७ किलोमिटर । जहा गाभर चोक छ । त्यहा बाट उत्तर लाग्नुस् । ढाईराका पुलले स्वागत गर्छन् । कच्ची बाटो । धेरै होईन १.५ किलोमिटर न हो । हो । त्यही गाउ हो गाभर । कृष्णले चिनाएको त्यही गाउँ हो । जसलाई गाभर मिनी भ्याली भनिन्छ ।