नेपाल–चीन पारस्परिक सहयोग समाजको ३४ औँ केन्द्रिय साधारण सभा सम्पन्न भएको छ । सभाले प्रेम सागर पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा घमानसिंह बस्नेत, महासचिवमा ध्रुव गिरी, कोषाध्यक्षमा टोप बहादुर थापा, सचिवमा श्याम सुन्दर अधिकारी निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा रमेश मल्ल, ईश्वर कुमार श्रेष्ठ, सजल थापा, ज्ञान बहादुर न्यौपाने, तारा वली, सरिता क्षेत्री र मनोनित सदस्यमा सुन्दर गुरुङ्ग चयन भएका छन् ।