कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द - Dastabej

कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द


  • दस्तावेज

  • दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले जानकारी दिए । नगर प्रमुख पुनका अनुसार प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो । तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
    विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताए । तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको छ । शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताए । कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाइएको नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बताए ।

  • ११ माघ २०७७, आईतवार १५:३८ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो