बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ - Dastabej

बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित २ पक्राउ


  • घनश्याम गौतम

  • रूपन्देही — सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देहीको कञ्चन गाउँपालिकामा डेढ महिनाअघि एक किशोरीलाई सामूहिक बलत्कार गरेको र एक किशोरीको नग्न तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले कपिलवस्तुका दुई जनालाई आइतबार पक्राउ गरेको हो । रूपन्देहीका प्रहरी प्रमुख एपी प्रविण पोखरेलले कात्तिक २३ गते कञ्चन गाउँपालिका–५ भैसाहीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको र अर्की किशोरीको नग्न फोटो सार्वजनिक गरेको भन्दै चार जनाविरुद्ध उजुरी परेको बताए । त्यही उजुरीका आधारमा कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका रूपन्देहीमा कार्यरत प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । बलत्कारमा पर्ने र नग्न तस्बिर सार्वजनिक हुने दुवै किशोरी कपिलवस्तुकै हुन् । भैसाहीमा बिरामी आफन्त भेट्न गएका बेला बलात्कृत भएको किशोरीको उजुरीमा उल्लेख छ । एसपी पोखरेलले घटनामा कपिलवस्तुकै चार जनाविरुद्ध जाहेरी परेको र तीमध्ये दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । ‘तीमध्ये ट्राफिक प्रहरी जवानसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘अन्यको खोजी भइरहेको छ ।’
    ekantipur.com

  • १३ माघ २०७७, मंगलवार १०:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ