रुकुम पूर्व । रुकुम पुर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राती साढे ९ बजेतिर सिस्ने‐५ को पाथिहाल्नेबाट डोजरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका सह(चालक इन्द्र बहादुर बुढाथोकीको उपचारका क्रममा रुकुमपूर्व अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पुर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिएका छ्न । सिस्ने गाउँपालिका‐५ स्थित रुमालबारामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सह‐चालक सोही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको निधन भएको हो । डीएसपी श्रेष्ठका अनुसार उक्त दुर्घटनामा परी ट्याक्टर चालक सिस्ने‐५ का २१ वर्षीय जीवन बुढाथोकी घाइते भएका छन । घाइते बुढाथोकीको थप उपचारका लागि सोमबार राती नै नेपालगञ्ज रिफर गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताएका छ्न ।