नेपालगन्ज । राष्ट्रिय आयोजना आयोग लुम्बिनी प्रदेशले अगामि पाँच वर्षमा यहाँका सर्वसाधारणहरुको औसत आयु ७० वर्ष पुर्याउने लक्षय लिएको छ । यो उमेरमा अधिकांश खेतिपातीबाट बिश्राम लिन्छन् । तर खजुरा गाउँपालिका २ सीतापुर ए गाउँका एक ८४ वर्षीय दम्पत्ती अझै पनि कृषिमा कृयाशिल छन् । धेरैले उक्त दम्पत्तीको परिश्रम गराई देखेर दंग पर्छन । यो उमेरमा पनि कृषिमा कसरी खटिनसकेको हो भन्दै प्रश्न गर्छन । ८४ वर्षीया यमबहादुर खत्री र पत्नी ७८ वर्षीया सावित्री चार दशकदेखि तरकारी खेतिमा रमाईरहेका छन् । बारीमा आलु, गोभी, टमाटर, भन्टालगायतका तरकारी भरिएका छन् । करिव ढेड विगहा जग्गामा उक्त दम्पत्ती काममै खटिन्छन् । सहयोगी कसैलाई पनि राखेका छैनन् । हिउँदे र बेमैसामी तरकारीले राम्रै आम्दानी गरेका छन् । तरकारी खेतिको लामो अनुभवले उनलाई कृषिमा टिकाएको हो । ‘२०३७ सालदेखि तरकारी खे ितगर्न थालेको हो । आजसम्म पनि सक्रिय भएर लागेको छ । जीवनको अन्तिमसम्म शरीरले साथ दिएसम्म कृषिमै रमाउँछु,’ ज्येष्ठ नागरिक कृषक खत्रीले भने,‘बुढाबुढी संगै मिलेर काम गर्छौ ।’
आधुनिकतासंगै कृषिले दैनिक फड्को मार्दै गएको छ । नयाँ तरिकाले खेति गर्ने क्रम बढेको छ । तर खत्रीले भने परम्परागत र नयाँ प्रविधिलाई संयुक्तरुपमै खेतिमा प्रयोग गरिरहेका छन् । परम्परागत भन्दा नया“ प्रविधिले खेति गर्दा कम खर्चिलो हुने तर परम्परागत खेतिले बीउ राम्रो हुने उनको बुझाई छ । ‘म पुरानो मान्छे भएर होला पुरानै तरिकाले खेति गर्न मन लाग्छ । तर नयाँ तरिकाले गर्ने पनि गर्छु,’ उनले भने । चार दशक अघि खेति गर्दा तरकारीमा किरा कम लाग्ने गरेको उनको अनुभव छ । नयाँ प्रविधिसंगै विभिन्न रोगको प्रकोप फैलिदै गएकाले तरकारी जोगाउन मुस्किल हुने गरेको खत्री सुनाउ“छन् । ‘पहिले खेतिमा किरा लाग्दा सहजै नियन्त्रण हुन्थ्यो । अचेल बिषादी छर्किनु पर्छ,’ उनको अनुभव छ ।
पत्नी सावित्रीले पतिलाई कृषिमा सहयोग गर्दै आएकी छन् । तरकारी लगाउनेदेखि गोडमेल गर्ने काम उनकै हो । ‘बुढासंगै म पनि दिनभरी बारीकै काममा हुन्छु । खेतिमा सहयोग गर्दा उहाँलाई केही सहयोग पुगेको छ,’ उनले भनिन्,‘पहिलेदेखि खेतीको काम गरेर होला काम गर्ने जा“गर मरेको छैन । अब त खेति गरेरै मार्छौ होला ।’ उनका अनुसार तरकारी खेतिले बार्षिक पा“च लाखसम्म आम्दानी हुने गरेको छ । लामो समयसम्म पनि तरकारी खेति गरिरहँदा पनि सरकारी अनुदानबाट बन्चित भएको गुनासो गरिन । उनले कृषि पेशामा लागेका किसानहरुलाई सरकारले सहुलियत कर्जा र कृषि भत्ता दिनेसमेत सुझाव दिईन । खत्री दम्पत्तीका छोरा देबबहादुर खत्री बिदेश गएका बेला पनि उनीहरुले तरकारी खेतिलाई निरन्तरता दिए । हाल उनी बिदेशबाट फर्किएका छन् । बुबाआमालाई कृषिमा सहयोग गर्न थालेका छन् ।
खजुरा कृषि स्मार्ट गाउ“का अध्यक्ष तथा किसान अगुवा लालबहादुर खत्रीले ८४ वर्षीया दम्पत्ती किसानको कृषि मोह देखेर लोभ लाग्ने गरेको बताए । उनले अझै पनि उक्त दम्पत्ती तरकारी खेतिमा लागिरहेको जनाए । ‘यो उमेरसम्म तरकारी खेतिमै टिकीरहनु कम्ति चुनौती काम होईन । उहा“हरुलाई केही दिनमै सम्मान गर्दै छौँ,’ उनले भने ।