बर्दियाको ठाकुरद्वारामा हुन लागेको नेपाल प्रेस युनियनको केन्द्रिय समिति बैठकको तयारी तीब्र पारिएको छ । यही माघ २१ गते युनियनको केन्द्रिय समिति बैठक बर्दियामा बस्न लागेको हो । युनियनले उप-महासचिव प्रेम केसीको संयोजकत्वमा तयारी थालेको छ ।
बैठकको आवश्यक तयारीका लागि युनियन बर्दिया शाखाको आयोजनामा आज गुलरियामा बृहत छलफल गरियो । छलफलमा युनियनका उप-महासचिव केसीले केन्द्रिय समितिको बैठक पर्यटकीय स्थल ठाकुरद्वारामा हुन लागेकोमा सबैको लागि गर्बको विषय भएको बताए । उनले केन्द्रिय समिति बैठकलाई भब्य र सभ्य बनाउनुपर्ने जिम्मेवारी र दायित्व जिल्ला शाखाको पनि भएको बताए । “केन्द्रिय समितिको बैठक सफल भयो भने शाखाकै इज्जत बढ्ने हो,” उनले भने ।
युनियनका पुर्बकेन्द्रिय उपाध्यक्ष युबराज श्रेष्ठले युनियनको केन्द्रिय समिति बैठक सफल पार्न सबै सक्रिय भएर लाग्ने धारणा राखे । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले केन्द्रिय समिति बैठकलाई सफल बनाउन सबै लाग्नुपर्ने बेला आएको बताए । बैठकलाई एेतिहासिक बनाउनुपर्नेमा उनले जोड दिए । युनियन बाके शाखाका अध्यक्ष अर्जुन ओलीले केन्द्रिय समितिको बैठक सफलता पुर्बक सम्पन्न गर्नमा आफ्नो शाखाले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
सो क्रममा पत्रकार महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष राकेश बस्याल, युनियन बर्दियाका पुर्बअध्यक्ष ज्योती पन्थी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शुक्रऋषि चौलागाईं, महासंघ बर्दियाका उपाध्यक्ष यादव आचार्य, सचिव भावुक योगी, अग्रज पत्रकार कमल पन्थी लगायतले बोलेका थिए ।