नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले सप्रतिनिधिसभा बिघटन गरेर ७० बर्ष देखिको नेपाली जनताको सपनाको
हत्या गरेको आरोप लगाएका छन् । उनले राजा महेन्द्रको पुनाराबृती ओलीले दोहो¥याएको जिकिर गरे । लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुको बिकल्प नभएको उनको तर्क छ ।
अबधि पत्रकार संघ बाँकेले विहिबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जननिर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाए । जसपाको स्पष्ट माग छ ससंद पुर्नस्थापना हुनुपर्छ र अर्को ओलीको सत्ता बहिर्गमन हुनुपर्छ, उनले भने । पत्रकार सम्मेलनमा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादब, जिल्ला अध्यक्ष कमरुद्दिन राई, नरैनापुर पालिकाका प्रमुख इस्तियाक अहमद शाह लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलन अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीको सभापतित्वमा सम्पन्न गरिएको थियो भने सञ्चालन कोषाध्यक्ष भरतकिशोर वैश्यले गरेका थिए।