नेपाल तरुण खजुरा गाउँपालिकाका अध्यक्ष कोमल राज सिंह ठकुरीको उपचार सहयोगका लागि अपिल गरिएको छ। खजुरा तरुण दलका अध्यक्ष ठकुरी लामो समयदेखि छाती र मृगौलाको समस्याबाट ग्रसित भइ हाल काठमाडौंको अस्पतालमा उपचारका लागि भर्ना रहेका छन् । आर्थिक अभाव कारण उपचारमा कठिनाई भएको हुँदा नेपाली कांग्रेस पार्टीका नेता-कार्यकर्ता, पार्टीसँग आबद्ध संघ संस्था लगायत सुभचिन्तकहरुलाई आर्थिक सहयोग जुटाइ उपचारमा सहयोग गरिदिन खजुरा तरुण दलका कार्यबहाक अध्यक्ष उत्सब सिंजाली मगरले अनुरोध गरेका छन् ।