नेपालगन्जबाट हिडेको ट्याकंर दुर्घटनामा परी चालकको मृत्यु - Dastabej

नेपालगन्जबाट हिडेको ट्याकंर दुर्घटनामा परी चालकको मृत्यु

सहचालक घाइते


  • मनोज डाँगी

  • रोल्पा । नेपालगन्जबाट हिडेको ट्याङ्कर रोल्पमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका १ भदौरे मन्दिरको घुम्ति मोडमा ना ४ ख २२५७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक हरभजन सिंहलाई उपचारको लागि रोल्पा जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएका छ्न । ट्याङ्कर दुर्घटना हुंदा रुपैडियाका १९ बर्षीय सह(चालक सुनिल शंकर सामान्य घाइते भएका छन् । घाइते सह(चालकको निधारमा चोट लागेको प्रहरी जनाएको छ। नेपालगन्ज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दुर्घटनामा परेको हो । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही नखुलेको प्रहरी प्रवक्ता केसीको भनाई छ । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरी प्रबक्ता केसी बताएका छ्न ।

  • १५ माघ २०७७, बिहीबार १५:३३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा