किन भयो अनुसन्धान सुचक प्रविणको हत्या ? - Dastabej

किन भयो अनुसन्धान सुचक प्रविणको हत्या ?

लाुगऔषध प्रयोगकर्ताका बारे सूचना संकलन गर्न पुगेका उनको हत्या भयो


  • दस्तावेज

  • नेपालगन्ज । केही युवाहरु लागु औषध प्रयोग गरिरहेको सूचना पाएपछि राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगर घटना स्थल पुगे । घटना कांरकादो छेउको हो । कारकांदोमा लाुगऔषध प्रयोगकर्ताका बारे सूचना संकलन गर्न पुगेका उनको हत्या भयो । माघ २ गते तोरीबारीमा उनको शव फेला परेको थियो । हत्यापछि सिबीआई केन्द्रीय कार्यालयको सहयोगमा बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक मगरको हत्या घटनाको अनुसन्धानको अन्तिम चरणमा पुगेको छ । सिबीआईले नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ परेपछि घटना बारे खुलेको हो । सिआईबीले तीन जनालाई घटनाको अनुसन्धानका लागि काठमाडौंबाट नेपालगन्ज पठाएको थियो । घटनामा चार जना संलग्न रहेको सिबीआईले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार घटनामा चार जना संलग्न छन् । बाँके प्रहरी प्रमुख ओम रानाले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाए । उनले केही दिनमै पत्रकार सम्मेलन गरी घटना बारे बिस्तृत जानकारी गराउने जनाए । मलाई अहिले नै बधाई र वाहवाही चाहिएको छैन । केही दिनपछि सबै कुराको बिस्तृत जानकारी दिन्छु, उनले भने । प्रारम्भिक अनुसन्धान अनुसार केही युवाहरुले गाँजा खाने क्रममा सुचक मगरले मनाही गरेका थिए । त्यही रिसको झोँकमा लागुऔषध प्रयोगकर्ताहरुले उनको हत्या गरेको हुनसक्ने प्रहरी दाबी छ । यसअघि बाँके प्रहरीले करिव १५ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनीको लगायतका कोणबाट अनुसन्धान गरेको हो । मृतक प्रविनका बुबा डम्मर थापा मगर नेकपा बाँकेका नेता हुन । एकमात्र छोराको हत्या भएपछि परिवार शोकमा अझै डुबेको छ । स्थानीयले घटनामा संलग्न व्यक्तिहरुको पत्ता लगाई कारवाहीको माग गरिरहेका छन् ।

  • १५ माघ २०७७, बिहीबार १७:४८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार