योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन - Dastabej

योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन


  • दस्तावेज

  • योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रक्षक सेक्युरिटिज प्रालिले प्रायोजन गर्ने भएको छ । योगिनी युवा क्लबको आयोजनामा आगामी माघ २२ गतेदेखी सुरु हुन लागेको प्रतियोगिताको लागि रक्षक सेक्युरिटिजले सर्वोत्कृष्ट खेलाडीलाई प्रायोजन गर्ने भएको हो ।
    दिने भएको छ । बिहिबार एक कार्यक्रमका बिच आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापा र रक्षक सेक्युरिटिज प्रालिका अधिकृत गणेश बहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
    सम्झौता हस्ताक्षर कार्यक्रममा अधिकृत राईले ग्रामिण स्थानमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘योगिनी कप भलिबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा हामी उत्साही छौं । हाम्रो सहयोगले प्रतियोगिताको स्तर बृद्धि हुनेमा हामी विश्वस्त छौं । यसले नेपाली भलिबलको स्तर बृद्धिमा सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’
    सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रायोजन गरेको अधिकृत राईले जानकारी गराए । उनले थपे, ‘हामी खुसी छौं भलिबल प्रतियोगितालाई सहयोग गर्दा । सामाजिक क्षेत्रमा रक्षकले विभिन्न काम गर्दै आएको छ । यसपटक भलिबललाई गरिएको हो । सहयोगले प्रतियोगिताको स्तर बढने हामीले विश्वास लिएका छौं ।’
    प्रतियोगितालाई न्यु एभरेष्ट डिस्टिलरीले सह–प्रायोजन गरेको छ ।
    योगिनी युवा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरी १२ टिमको सहभागिता रहने आयोजकले बताएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुने प्रतियोगिताका प्राविधिक संयोजक प्रकाश शर्माले बताए ।
    प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ ।
    आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले सर्वोत्कृष्ट खेलाडी विधा प्रायोजन गरेकोमा रक्षक सेक्युरिटिज प्रालि परिवारलाई धन्यवाद दिए । उनले भने, ‘गाउँमा हुन लागेको प्रतियोगितालाई थुप्रै ब्यक्ति र संस्थाले सहयोग गर्नु भएको छ । आज रक्षक सेक्युरिटिज प्रालिले प्रायोजन गर्दा हामी थप उत्साहीका छौं । त्यसका लागी रक्षक कम्पनी प्रति हामी आभारी छौं ।’
    बाँकेमा खेलकुद तथा सामाजिक कार्यमा सक्रिय क्लब हो योगिनी युवा क्लब । जसले युवाहरुलाई खेलकुदका माध्यमबाट सकारात्मक कार्यमा लगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्ने गरेको अध्यक्ष थापाले बताए ।

    क्याप्सनः सम्झौतापत्र आदानप्रदान गर्दै योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापा र रक्षक सेक्युरिटिज प्रालिका अधिकृत गणेश राई ।

  • १५ माघ २०७७, बिहीबार २१:२९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार