किन मनाईन्छ सहीद दिवस (पुर्णपाठ) – Dastabej

किन मनाईन्छ सहीद दिवस (पुर्णपाठ)


  • दस्तावेज

  • सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।
    धर्मभक्त माथेमा
    ृउहाँको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि।सं। १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो। बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गर्नुभयो। केही समय कलकत्तामा पनि पढनुभयो। शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो। बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो। उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो। केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए। वि।सं। १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई।ए। उत्तीर्ण गर्नुभएको थियो। वि।सं। १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो। पछि चन्द पनि प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो। उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो। उहाँ स्व।राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुभयो। उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो। प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए। धर्मभक्तलाई पक्राउ गरियो । वि।सं। १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।ृ
    दशरथ चन्दको जन्म वि।सं। १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ। उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व। चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो। त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो।
    दशरथ चन्द
    त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो। महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो। वि।सं। १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो। वि।सं। १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो। उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्नुहुन्थ्यो। दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलको कोठामा पर्नुभएको थियो। तत्कालीन राणा सरकारले वि।सं। १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो। उहाँ अविवाहित नै शहीद हुनुभयो। दशरथका जेठा बुबा रबी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाइ गोकर्ण चन्द थिए। भाइ ललित चन्द पनि २०५१ सालमा बिते। चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो। दिदी, बहिनी, भाउजूहरूसँग ख्याल(ठट्टा गर्नुहुन्थ्यो। उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो। मोही दशरथलाई खुब मनपर्थ्यो।बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा ुजुठो सुत्केरोु परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो।
    गङ्गालाल श्रेष्ठ
    विसं। १९७५(१९९७० नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए। स्व भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि।सं। १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २(३ वर्ष पढेपछि उहाँ काठमाडौँ र्फकनुभयो। वि।सं। १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्।एल्।सी। उत्तीर्ण गर्नुभयो र त्रि(चन्द्र कलेजमा आई।एस्सी।पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा ९वि।सं।१९९५ सालमा असन र इन्द्रचोकमा० राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुट्नुभयो। दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।
    शुक्रराज शास्त्री
    शुक्रराज शास्त्रीलाई राणाहरूले वि।सं। १९९७ साल माघ ६ गते नेपाल सम्बत १०६१० मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।ृ,उनको जन्म नेपाल सम्बत १०१३ गुंलाथ्व गुंपुन्हि विसं १९५०० मा माधवराज जोशी र रत्नमाया जोशीका छोराको रूपमा काठमाडौँको खिउँलँ थाय्‌मदुमा भएको थियो। नेवार समुदाय अन्तर्गतको क्षत्रीय जात भित्र पर्ने जोशी कूल मा जन्मिएका भएर उनले पिताले जस्तै संस्कृत पढनुभएको थियो। उनका पिता आर्य समाजका नेता थिए। उनको विवाह मेनका देवी माथेमा धर्मभक्त माथेमाको बहिनीसँग भएको थियो। उनले पछि उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उत्तीर्ण गरेकाले उनलाई ुशास्त्रीु भनिएको हो। शास्त्रीले भारतको इलाहाबाद स्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवीयसँग काम गर्नु भएको थियो। पञ्जाब विश्वविद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातक गरेपछि उनी नेपालमा पस्नुभयो।े
    साहित्यिक योगदान
    नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता स्व। शास्त्रीका ६ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित छन्। ब्रह्मसूत्र शाङ्कर भाष्य,स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत उनका थुप्रै पुस्तक प्रकाशित छन्।ृ उनलाई नेपाल भाषाको पुनर्जागरणकालका एक महान् लेखकका रूपमा लिने गरिन्छ। उनले नेपालभाषाको व्याकरण प्रथम पटक प्रकाशित गरेरगरिन्। नेपाल भाषामा वैज्ञानिक रूपले लेखिएको यो पहिलो व्याकरण थियो। यो बाहेक उनले नेपाल भाषा रिडर नामक एक रिडर पुस्तक पनि प्रकाशित गरेरगरिन्। उनका नेपाल भाषाका अन्य कार्यहरू उनको शहादत्त्वले गर्दा प्रकाशित गर्न सकिएन।
    राजनीति
    काठमाडौँ आएपछि क्रान्तिकारीहरूसँग उनको सम्पर्क भयो। वि।सं। १९९३ मा ुनागरिक अधिकार समितिुमा बसी राणा शासन विरोधी अभियानमा लाग्नुभयो। शहीद शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गर्‍यो। नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले वि।सं। १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उनको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गरेका थिए। त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीनवर्षे कैद सुनाइयो। आठवटा मुद्दामा फसाई वि।सं। १९९७ साल माघ ६ गते दिउँसो १०(११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि।सं। १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारिएको थियो ।

  • १६ माघ २०७७, शुक्रबार १२:५९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ