बर्दियाकी अस्मिता मुलको पानीमा - Dastabej

बर्दियाकी अस्मिता मुलको पानीमा

जसले चर्चित नायक पलसंग स्क्रीन सेयर गरिन


  • दस्तावेज

  • नेपालगज । यूट्युबमा भाइरल बनिरहेको ‘मुलको पानी मिठो छ पीउन जानेसीे,माया सधै बलियो सिउन जानेसी’ १४ लाख २२ हजारले हेरिसकेका छन् । नेपाली सिने जगतका चर्चित नायक तथा मोडेल पल शाहसंगै नृत्य गरेकी छन्, अस्मिता पुरी (निशा) । नायक पलसंग स्कृन सेयर गर्न धेरैको रहर हुन्छ । तर बर्दिया बढैयाताल गाउ“पालिका १ शान्तिपुरकी अस्मिता पुरीले नायक पलसंग सहजै स्क्रीन सेयर गर्न पाईन । उनको नृत्य गर्ने कुशल शीपले मुलको पानी मिठो छ म्युजिक भिडियोमा स्क्रीन सेयर अवसर पाएकी हुन । चार वर्षअघि उनी बर्दियाबाट काठमाडौं पुगेकी हुन । सुरुमा ‘बटौली’ तीज गीतमा ड्ब्यु गरिन । संघर्ष गर्दै जाने क्रममा नायक पलसंग स्क्रीन गर्ने अवसर पाईन । ‘पल शाहसंगको मुलको पानीले एकाएक चर्चा पाएकी छु,’ उनले दास्ताबेज डटकमसंग खुसी साटिन ।

    मुलको पानी मिठो छ पीउन जानेसीे
    माया सधै बलियो सिउन जानेसी ।
    जता पनि हरियो छ, बर्षा लागेपछि
    मन मतिन्छ मायाको तिर्खा लागेपछि ।
    भगेरा र भगेरीको जोडी देखिपछि
    त्यस्तैत्यस्तै झल्को आउँछ तिमिलाई भेटेपछि

    ए माया लगाई हेर न
    ए कति रमाईलो छ दिन
    ए माया साँगलो जिन्दगी
    एम माया बित्छ एकैछिन
    मुलको पानी मिठो छ पीउन जानेसीे
    माया सधै बलियो सिउन जानेसी ।


    बर्दियाबाट काठमाडौंमा संघर्षरत अस्मिताले चर्चित पपरक गायक दुर्गेश थापासंग ‘बोल्दैन फोटो’ म्युजिक भिडियोमा पनि स्क्रीन सेयर गर्ने अवसर पाएकी छन् । २६ वर्षीया बर्दियाकी सुन्दरी स्नातकमा अध्ययनरत छिन् । उनले नृत्यकै लागि युरोप, स्वीजरल्यान्ड, जर्मन, बैंकक, थाइलेन्ड र दुबै लगायतका बिदेशका ठूला शहरमा प्रस्तुती दिइसकेका छन् ।

    ‘बिदेशमा सो गर्न जा“दा एक लाखसम्म पारिश्रमिक लिन्छु । नेपालमा भने एक सो को ५० हजारसम्म हुन्छ,’ उनले भनिन् । बर्दियाको गाउ“मा जन्मिएकी अस्मिता काठमाडौंमा जम्न सकेकोमा निकै खुसी छन् । ‘मेरो बारे समाचार पत्रिकामा छापिए मेरो बुबामम्मीलाई देखाई दिनु होला,’ अन्तिममा उनले भनिन् ।

  • १७ माघ २०७७, शनिबार १२:४९ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न