तरुण दल अध्यक्ष केसीमाथी आक्रमण - Dastabej

तरुण दल अध्यक्ष केसीमाथी आक्रमण


  • दस्तावेज

  • नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाकेका अध्यक्ष कुलबहादुर केसीमाथी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् । युवा संघ राप्तीसोनारी अध्यक्ष समेत रहेका “समीर” भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डागी, ऋषिराज देवकोटा सहित ८/९ जनाको समुहले आक्रमण गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती पौने ११ बजेतिर आफुमाथी आक्रमण भएको केसीले बताएका छन । आफुमाथी एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ । घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ । आक्रमणमा सम्लग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ । अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक-पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीन/चार वटा मुद्दा दर्ता भैसकेका छन । घाइते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

  • १७ माघ २०७७, शनिबार १३:२० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा