पहिले निर्यात, हाल आयात – Dastabej

पहिले निर्यात, हाल आयात

१३० प्रतिशत राजस्व संकलन


  • दस्तावेज

  • नेपालगन्ज । धेरै भएको छैन, यहाँका किसानले उत्पादन गरेको कृषि उत्पादन भारतको विभिन्न बजारमा निर्यात गरिन्थ्यो । प्रमुखरुपमा धान, तोरी, मसुरो, गहँु, केराव र चनालगायतका उत्पादन नेपालगन्जसंग सीमा जोडिएको रुपैडिहा र बाबागन्ज तथा बर्दिया नजिकै पर्ने मिहीपुरवा बजार पुग्थे । किसानहरुले उत्पादन भारतमा निर्यात हुन थालेपछि नेपाल सरकारले नेपाल—भारत सीमामा छोटी भन्सार स्थापना गर्यो । छोटी भन्सारले कृषिजन्य बस्तु भारत निर्यात गरेवापत कर अशुली गरिन्थ्यो । तर अघिल्लो पुस्ताले भारतमा निर्यात गर्ने ईतिहास उल्टिएको छ । निर्यात ठप्प भएको छ । कृषिजन्य बस्तु आयात अत्याधिक बढेको छ । बर्दियाबाट आधा दर्जन नाकाबाट विभिन्न बस्तु निर्यात गरिदै आएको थियो । ति नाकालाई छोटी भन्सारको नाम दिइएको थियो । त्यति बेला सडक र आतायातको साधन नहुँदा गोरु गाडाबाट निर्यात गरिन्थ्यो । त्यसका लागि छोटो बाटो रोजिन्थ्यो । ‘त्यतिबेला गाडी मोटर थिएन । गोरु लडियामा धान बिक्री गर्न भारतको रुपैडिहा र मिहीपुरवासम्म पुग्थ्यो । धानको मुल्य २० देखि २५ रुपैयाँ बोरी बिक्री गरेर फर्किन्थ्यौँ,’ बढैयाताल गाउँपालिका वडा न. ५ का पाका व्यक्ति रामलाल चौधरीले भने,‘अन्न बाली बिक्री गर्न जान र घर फर्किन तीन दिनसम्म लडिया कुदाउनु प¥थ्यो ।’ उनका अनुसार कृषिजन्य बस्तु भारत नियार्त गर्दा ५० पैसादेखि एक रुपैयाँसम्म छोटी भन्सारमा कर तिर्नु प¥थ्यो । उक्त पालिकाबाट रुैपैहिडा र मिहिपुरुवा पुग्न कम्तिमा ३६ किलो मिटर कच्ची बाटो पार गर्नुपर्ने बाध्यता थियो । त्यतिबेला बर्दियाबाट कति कृषिजन्य बस्तु भारत निर्यात गरिन्थ्यो त्यसको अधिकारिक अभिलेख नभएपनि एउटै गाउँबाट एक सय बढी गोरुगाडा कृषिजन्य बस्ुत बोकेर भारतका बजार पुग्थे । त्यस्तै गुलरिया क्षेत्रका किसानले मुर्तिहा नाका र पश्चिम राजापुर क्षेत्रका किसान छाटी भन्सार हुँदै भारतीय बजारमा निर्यात गर्दै आएका थिए । भारतीय बजारबाट किसानहरुले नुन र मट्टी तेल किनेर फर्किन्थे । खाद्यबस्तु कहिल्यै किन्नु परेन । ‘अन्नबाली जति पनि उत्पादन हुन्थ्यो । त्यसैले धान, गहुँ बिक्री भारतमा गर्दै आएका थियौं,’ रामलालले भने,‘अहिले त उल्टो भईसक्यो । भारतबाट चामल, पिठो किनेर ल्याएको देख्छु ।’
    नेपालगन्जको जमुनाहामा मुल भन्सार २०१३ (६४) बर्षअघि स्थापना गरिएको थियो । तर सडक नहुँदा मुल भन्सारको मातहत रह्ने गरी बाँके र बर्दियाका ग्रामिण नाकामा त्यसपछि छोटी भन्सार राखियो । करिव ४५ वर्षअघिसम्म नेपाली किसानले भारतमा राम्रैगरी कृषिजन्य बस्तु निर्यात गरे । तर हाल सबैथोक भारतीय बजारबाट नेपालमा निर्यात हुन थालेको छ । नेपाली कृषिजन्य बस्तु भारतमा निर्यात पूर्णरुपमा ठप्प छ । कृषि उत्पादनमा कमी आएपछि भारतीय बजारले नेपाली गाउँलाई पूर्णरुपमा च्यापिसकेको छ । नेपालबाट कृषि उत्पादन भारतमा निर्यात हुने क्रम घट्दै गएपछि मुल नाकाहरुमा मात्रै भन्सारको व्यवस्था मिलाइएको हो । हाल शहरमा मात्रै भन्सार छ ।
    बर्दियाको मूल भन्सार राजापुर, छोटी भन्सार ताराताल र गुलरियामा छ ।कोठियाघाट र पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार अन्यत्र सारिए । जमुनीस्थित पडेरिया नाका पनि बन्द छ । बन्द गरिएका नाकाबाट पनि छिटफुटरुपमा सीमावर्तीका सर्वसाधारणहरुले भारतबाट दाल, चामल लगायतका खाद्यन्न ल्याउने गरेका छन् । नेपालगन्ज र राजापुरको मुल भन्सारबाट दैनिक करोडौंको खाद्यन्न नेपाल भित्रिने गरेको हो । त्यससंगै बर्दियाको पुर्बी क्षेत्रका सयौं सर्वसाधारणहरु खाद्यन्न लिन नेपालगन्ज नाका हुँदै भारतको रुपैडिहा पुग्छन् । यो नाकाबाट मात्रै भारतबाट दैनिक सात करोडको खाद्यन्न लगायतका बस्तु आयात हुने गरेको हो । ‘हाम्रो पालामा भारतको बजारमा गएर धान, गहुँ, मकै बिक्री ग¥थ्यो । अहिलेको पुस्ता खे ितगर्न छोडिसकेकाले भारतको भर पर्नु परेको हो,’ धान बिक्री गर्न बुबासंगै भारतको रुपैडिहासम्म पुगेका बाँसगढी नगरपालिका माछागढका भोमप्रसाद थारु भन्छन्,‘खेति किसानी गर्ने चलन करिवकरिव हट्न थालिसक्यो । त्यहि भएर यो अवस्था आएको हो ।’
    पछिल्लो सयम खेति गर्ने किसान गाउँमा पाउन छाडिसक्यो । युवाहरु विदेश धमाधम पलायन भइरहेका छन् । जग्गा नभएका सर्वसाधारणहरु खेति गर्नुभन्दा पनि मजदुरीका लागि शहर पसिसके । खेति महँगो बन्दै गएको छ । सरकारले कृषिमा कुनै अनुदान दिन सकेको छैन । मलबीउ महँगो हुने र उत्पादन कम मुल्यमा बिक्री हुने गरेका कारण खेतिप्रति आकर्षण घट्दो छ । भारतीय किसानलाई पानी निशुल्क छ । मलमा बम्पर छुट छ । पावर ट्रालीमा भारी सहुलियत छ । जसका कारण भारतीय उत्पादनसंग नेपाली किसान प्रतिस्पर्धा गर्न सकेका छैनन् । भारतको उत्पादन हाल हरेक नेपालीको भन्सामा पुगेको छ । अन्नको भण्डार मानिने बर्दिया निर्यात होईन आयतमा भर पर्न थालेको छ ।

    १३० प्रतिशत राजस्व संकलन
    कोरोनाको महामारी सुरु भएसंगै नेपाल—भारत सीमा बन्द गरियो । सीमा बन्दले राजस्व संकलनमा ठूलो असर पार्ने अनुमान गरिएको थियो । तर नेपालगन्ज भन्सारले भने बन्दाबन्दीका बीचमै राजस्व संकलनमा ठूलो सफलता पाएको छ । साउन यता लक्षयभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । पुससम्म करिव साढे ७ अर्ब राजस्व संकलन गर्ने लक्षय लिइएकोमा अढाई अर्ब बढी राजस्व संकलन भएको हो । प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार साउन यता १ सय ३० प्रतिशत बढी राजस्व उठेको जनाए । गएको आर्थिक वर्षमा समान्य अवस्थामा पनि जम्मा ७६ प्रतिशत राजस्व संकलन भएको थियो । ‘सीमा बन्दले राजस्वमा असर पर्ने अनुमान गरिएको थियो । तर हामी लक्षयभन्दा बढी सफलता पाएका छाँै,’ उनले भने,‘लक्षयभन्दा अढाई अर्ब बढी राजस्व संकलन भएपछि उत्साहित भएका छौँ ।’ कोरोनाको महामारी सुरु भएपछि सरकारले चैत्र ७ गतेबाट सीमा नाका बन्द गरिएको थियो । तर अतिआवश्यक दैनिक उपभोग्य बस्तु, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ आयात निरन्तर भइरह्यो । यसले राजस्वमा कमी नआएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । त्यस्तै ग्रामिण तथा चोर नाकामा सुरक्षा गस्ती बढाईएका कारणले पनि चोरी निकासी रोकिएर भन्सार राजस्व संकलनमा बृद्धी भएको छ । भारतबाट आएका मालबाहक सवारी साधनहरुको जाँचपासमा कडाई गरिएको छ । यसअघि भारतबाट समान आयात गरिने सवारी साधन समान्य जा“च गरिदै आएको थियो । जसका कारण कनिकाको कागज बनाएर चामल आयात गरिन्थ्यो । आलुको बील बनाएर मासु भित्रिएको घटनाहरु सार्वजनिक भएका थिए । प्रमुख भन्सार अधिकृत भण्डारीले भन्सारमा भित्रिने सवारी साधनहरुको कडा जा“चको व्यवस्था मिलाइएको जनाए । भारतबाट पेट्रोलियम, कोइला, खाद्यान्न र औद्योगिक कच्चा पदार्थ नेपाल भित्रिने गरेको हो । नेपालगन्ज भन्सारले चालु आर्थिक वर्षमा १५ अर्ब राजस्व संकलन गर्ने लक्षय राखिएको छ । भारतबाट नेपाल पैठारी हुने यो तथ्यांक निकै बढी छ । यसले बैदेशिक निर्भरता बढाउँदै लैजाने सरकारी अधिकारीहरुको चेतावनी छ ।

  • १७ माघ २०७७, शनिबार १६:५७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर