नेकपा ओली पक्षको भेलाका लागि बाँकेबाट ४५ वटा बस - Dastabej

नेकपा ओली पक्षको भेलाका लागि बाँकेबाट ४५ वटा बस


  • दस्तावेज

  • नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी बाँकेको शनिवार बसेको जिल्ला कमिटिको पदाधिकारी बैठकले माघ २३ गते काठमाण्डौंं र २९ गते बुटवलमा आयोजना हुने जनसभामा बाँकेबाट भव्यरुपमा जनसहभागिता गराउने निर्णय गरेको छ । संयोजक सूर्य ढकालको अध्यक्षता र केन्द्रीय सदस्य देवराज भारतको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको सचिव प्रमोद धितालले बताए । बैठकले २९ गते बुटवलमा आयोजना गर्न लागिएको बिशाल जनसभामा बाँकेबाट २० वटा ठूला बस र २५ वटा साना बसमा नेता कार्यकर्तालाई लैजाने निर्णय भएको छ । जनसभामा सहभागिता जनाउने कार्यलाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति समेत गठन गरिएको छ भने अनुगमनका लागि केन्द्रीय सदस्य मोहदमद हारुनलाई अनुरोध गरिने भएको छ । बैठकले रिक्त रहेको क्षेत्र नं। १ को संयोजकमा बलराम भटट्राई र सचिवमा भरत बुढाथोकीलाई मनोनयन गर्ने निर्णय गरेको सचिव धितालले जानकारी दिए ।

  • १७ माघ २०७७, शनिबार १७:०४ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा