तासको तुरुप जस्तै पूर्णिमा – Dastabej

तासको तुरुप जस्तै पूर्णिमा

राजनीतिले मनहरु चिरिएको बेला कोहलपुरको पूर्णिमा साहित्य प्रतिष्ठान साझा चौतारी बनेर उभिएको छ


  • शंकर अशान्त [email protected]

  • नेपालगन्ज । केही समय यता राजनैतिक दलका बिभिन्न कार्यक्रमले कोहलपुर पनि गरमागरम भैरहेको छ । बदलिँदो राजनैतिक अवस्थामा आज यो गुट भोलि त्यो गुट गर्दै कहिले मसाल जुलुस कहिले कोठे सभा त कहिले कोणसभाहरु भैरहेका छन् । बिभिन्न तरिकाले समाज बिभक्त भैरहेको छ । बिचारसँगै मान्छेका मनहरुपनि चिरिएको बेला कोहलपुरको पूर्णिमा साहित्य प्रतिष्ठान भने साझा चौतारी बनेर उभिएको छ । यो सर्वमान्य भएको छ । तासको तुरुप जस्तै । बिधिवत रुपमा २०५८ सालमा स्थापना भएको कोहलपरको हाम्रो पूर्णिमाले बीसबर्षे यात्रा तय गरिसकेको छ । पूर्णिमाको भ्रुण त्योभन्दा अझै अघिको हो । कोहलपुरका साहित्यकार तथा साहित्यानुरागीहरुले पूर्णिमा यात्रा सुचारु गरेका थिए । अधिकाँश सँस्थापकहरु अहिले अन्यत्र बसाई सरेर गएका छन् तर नयाँ नयाँ अनुहारले प्रतिष्ठानलाई कुशलतापूर्वक हाँकिरहेका छन् । दुईदशकको दौरान उकाली ओह्राली पार गर्दै आएको पूर्णिमा सामाजिक एकताको प्रतीक बनेर खडा भएको छ । सामाजिक बिसंगतिमा प्रहार गरिरहेको छ भने राजनैतिक तथा सामाजिक परिवर्तको अग्रमोर्चामा सधैं हाँजिरी लगाउँदै आएको छ । प्रतिष्ठानमा सबै बिचार, सबै धर्म, सबै भेक र सबै पक्ष अट्न सक्छन् । यहाँ तेरो र मेरो होईन बरु हाम्रो भन्ने धारणा छ । त्यसैले त भर्खरै कोहलपुर नगरपालिकाले पूर्णिमाका लागि लागि डेढ कट्ठाको जमिन समेत उपलब्ध गराएको छ । साझा संस्थाको मान्यता यसैबाटपनि पुष्टि हुन्छ । पूर्णिमा साहित्य प्रतिष्ठानको श्रीबृद्धिमा सबै एकाकार छन् ।

    बीसवर्षे यात्रामा पू््र्णिमाले धेरै स्रष्टा र सर्जकहरु जन्माएको छ । के समाजसेवी,के ब्यापारी के सुरक्षकर्मी के शिक्षक के बिद्यार्थी के जनप्रतिनिधि सबै सबै साहित्य माहौलमा घण्टौं झुमिरहेका हुन्छन् । कला बिभाग,आख्यान बिभाग रचना वाचन बिभागले समाजका बिबिध प्रतिभालाई एउटै मालामा उनिरहेको छ । गीत संगीत र नाट्य बिभागको पनि तयारी हुँदैछ । तीन कार्यकाल पूरा गरी भर्खरै जिम्मेवारी हस्तान्तरण गरि निवर्तमान अध्यक्ष महानन्द ढकाल भन्छन् ः पूर्णिमालाई कहिल्यै झुक्न परेन रुक्न परेन । यसले सधैं हाम्रो शिर उँचो बनाईरह्यो । आफ्ना नियमित ४८अंक प्रकाशित गरेको पूर्णिमाले गजल, गीत, कविता,कथा उपन्यास हाइकू सस्परण र साईनो जस्ता बिधामा ३३ वटा कृति प्रकाशन गरिसकेको छ । साथै हाइकू ,लघुकथा, नियात्रा, कथा र गजल बिशेषाँक प्रकाशित गरिसकिएको छ । निवर्तमान अध्यक्ष ढकाल थप्छन् ः पूर्णिमालाई देश तथा बिदेशबाट अथाह माया प्राप्त भैरहेको छ । पूर्णिमा समाजको पर्याय बनेको छ । पूर्णिमाले साहित्यमा अतुलनीय योगदान दिने थुप्रै साहित्यकारहरुलाई तुल्सिराम स्मृति पुरस्कार र पूर्णिमा साहित्य रत्न जस्ता पुरस्कारले सम्मान गर्दै आएको छ । माघ १७ गते शनिवार अपरान्ह कोहलपुर नगरपालिकाद्धारा उपलब्ध गराइएको जग्गामा भवन निर्माणस्थलको साईनबोर्ड राखिसकेपछि नयाँ कार्यसमितिको पहिलो बैठक सोही बोर्डको मुनी खुला चौरमा सम्पन्न गरेको छ । कोषाध्यक्ष प्रकाश मरासिनी भन्छन्, त्यो समयपनि छिट्टै आउने छ हाम्रो पूर्णिमा प्रतिष्ठानको आफ्नै भवनमा कार्यक्रम गर्नेछ ।

  • १८ माघ २०७७, आईतवार १०:४१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ