नेपालगन्ज । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनामा संलग्नताको आरोपमा प्रहरीले नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारसहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । परियारलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनले दिएको बयानका क्रममा नेपालगन्ज वसपार्क क्षेत्रका ३ र कैलालीबाट २ जनालाई शनिबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवाहरु लागुऔषध प्रयोगकर्ता हुन । घटनाको संलग्नताको आरोपमा ६ जना पक्राउ परपछि बाँके प्रहरीले पत्रकार सम्मेलन गरी घटनाको सार्वजनिक गर्ने तयारीमा छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले घटनाको जानकारी दिन पत्रकार सम्मेलन गर्ने सोंचमा रहेको जनाए । कारकांदोमा लाुगऔषध प्रयोगकर्ताका बारे सूचना संकलन गर्न पुगेका उनको हत्या भएको हो । माघ २ गते तोरीबारीमा उनको शव फेला परेको थियो । हत्यापछि सिआईबी केन्द्रीय टोली नेपालगन्ज आइको थियो । नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ परेपछि घटना बारे खुलेको हो ।यसअघि बाँके प्रहरीले करिव १५ जनालाई नियन्त्रणमा लिएको थियो ।