नेपालगन्ज । कोरोना सक्रमित सुदुरपश्चिम प्रदेश कैलाली जोसीपुर ३ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । माघ १० गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका ८६ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।