लागुऔषधसहित बाँकेका दुई युवा सुर्खेतमा पक्राउ - Dastabej

लागुऔषधसहित बाँकेका दुई युवा सुर्खेतमा पक्राउ


  • दस्तावेज

  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । माघ १६ गते विहान १० बजे वीरेन्द्रनगर वडा नं –४ एकताटोलबाट बाँके जिल्लाको खजुरा गापा वडा नं –८ घर भएका २८ वर्षका सदाम खाँ र २८ कै सब्बीर खाँनलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले आफ्नो कोठामा लागु औषध (ब्राउनसुगर) बिक्री वितरण समेतको कार्य गर्दै आएको छ भन्ने गोप्य सुचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटी गएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा १० पुडिया ब्राउनसुगर जस्तो देखिने जस्तो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रहरी प्रबक्ता रामप्रसाद घर्तीले जानकारी दिए । प्रबक्ता घर्तीका अनुसार नापतौल गर्दा प्लाष्टिक सहित ४७० मिलीग्राम र प्लाष्टिक बाहेक शुद्ध नापतौल गर्दा ३६० मिग्राम, लागु औषध ब्राउन सुगर र सोही नजिकै नाईट्राभेटाम १७ वटा ट्याब्लेट नगद १७,८५० रुपैयाँ बरामद गरिएको हो । उनीहरुबाट एक थान नोकिया सादा मोबाईल फेला पारी थप अनुसन्धान कार्य अघि बढाएको प्रबक्ता घर्तीले बताएका छ्न ।

  • १८ माघ २०७७, आईतवार १५:४१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता