रुकुम । नेपाल सरकारद्धारा प्रतिबन्धित नेकपा बिप्लव समुहका रुकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहरा (प्रशान्त ) सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । संगठनका गतिविधिहरु सन्चालन गरिरहेको अवस्थामा उनिहरुलाई पक्रनरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेहरुमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा न. २ बस्ने २४ बर्षका प्रेम बोहरा,सोहि निवासी वडा नम्बर ९ प्युउगाका बर्ष १६ को नविन वली, मुसिकोट नगरपालिका १ बस्ने बर्ष १९ को सागर बुढा,सोहि निवासी,अबर्ष १७ को अभिषेक बुढामगर, बर्ष २७ को किरण रसाईली रहेको प्रहरीले जनाएको छ ।उनीहरूलाई थप अनुसन्धान भैरहेको बताइएको छ ।