सडक अनुशासन पालना गरे दुर्घटना कम हुन्छ ः प्रहरी सहायक निरीक्षक विश्वक्रर्मा - Dastabej

सडक अनुशासन पालना गरे दुर्घटना कम हुन्छ ः प्रहरी सहायक निरीक्षक विश्वक्रर्मा


  • मनोज डाँगी

  • रुकुम पश्चिम । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका ट्राफिक प्रमुख हुन् प्रहरी सहायक निरीक्षक लक्ष्मण विश्वकर्मा । सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् । इमान्दारीता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचेक्याईं गर्दैनन् । संगठन चुस्त बनाउन सबै तह र तप्ताको उत्तिकै महत्वपूर्ण भुमिका रहन्छ र सबै मिलेर अघि बढ्ने हो भने देशको शिर सधै उचो रहन्छ भन्ने मायन्ता बोक्ने विश्वकर्मा अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम प्रमुखको भूमिकामा रुकुम पश्चिम खलंगामा कार्यरत छन् । अहिले समग्र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको जिम्मेवारी लिइ ट्राफिक प्रमुख सम्हालेका प्रहरी सहायक निरीक्षक विश्वकर्मा सँग आज दस्ताबेज अनलाइनले ट्राफिक व्यवस्थापन, अहिले सम्मको कार्यकालमा गरेका उपलब्धि र कठिनाईसँग सम्बन्धित रहेर कुराकानी गरेका छौं । यस्तो छ कुराकानीको संक्षिप्त अंश ।
    पछिल्लो समयमा जिल्ला ट्राफिक व्यवस्थापन कस्तो छ ?
    म आएको झण्डै १३ महिना पूरा भएको छ । विशेष गरी यो समयमा दुर्घटनामा ज्यान गुमाउने संख्या विगतमा भन्दा ज्यादै न्यून संख्यामा भएका छन् भने, ट्राफिक परिचालनको कुरा हेर्दा थप चुस्तता थपिएको छ । समग्र जिल्ला ट्राफिक व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ र यसका लागि म र मेरो मातहतका सम्पूर्ण प्रहरी कर्मचारी साथिहरु लागि पर्नुभएको छ जसका कारण यो सफलता मिलेको छ र अझ धेरै कामहरु गर्न बाँकी छ र त्यसका लागि हामी योजनावद्ध रुपमा अगाडी बढेका छौं ।

    तपाई रुकुम पश्चिममा आइसकेपछि के–के परिवर्तन गर्नुभयो ?

    मैले यो जिल्ला ट्राफिक प्रमुखको पद सम्हालेपछि पहिलो प्रथमिकतामा व्यवस्थापकिय क्षमता बढाउँदै समग्र सडक सुरक्षा र दुर्घटना न्यूकणका लागि अवलम्बन गर्नेसक्ने योजना नै हो । योजना विनाका कामहरु असफल हुने हुँदा यसमा पहिलो प्राथमिकता रहयो । अनि बढी दुर्घटना र संवेदनशिल क्षेत्रको निक्यौल गरि त्यसका थप व्यवस्थापनमा समेत जोड दिदै, चेक प्वाइटहरु थप्ने, त्यसलाई व्यवस्थापन गर्ने पार्किङ्गको संख्या बढाउने काम भएको र जसले गर्दा सडकमा यत्रतत्र पार्किङ्ग गर्ने काम ज्यादै न्यून भएको छ। भने थप चेक प्वाइटको स्थापना र आधुनिक प्रविधिमार्फत सडक सुरक्षालाई थप मजवुद बनाउने पक्षमा लागिपरेका छौं । यसका साथै सडकमा ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने खोज्नेहरुलाई अस्विकार गर्ने र त्यस्ता खालको मानिस भेटिए कारबाही प्रक्रिया अघि बढाएका छौ।
    राजश्व संकलनमा ट्राफिक प्रहरीतर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले कस्तो गर्दै छ ?
    ‌करिव १३ महिनाको अवधिमा २८ लाख राजस्व सङ्कलन गरी नेपाल बैंक लिमिटेड रुकुम पश्चिममा दाखिला गरी राष्ट्रको राजस्वमा टेवा पुर्याएको बताएका छ्न । यसको सफलता भनेको सम्पूर्ण ट्राफिक प्रहरीहरुको सक्रियता र इमान्दारीता नै प्रमुख कारण हो । अर्को पाटोमा हेर्ने हो भने यसका लागि हामीले जुन किसिमका अभियानहरु चलाएका छौं त्यसको पनि परिणामको विषय हो ।
    दूर्घटना न्यूनिकरणमा चुनौतीहरु के–के छन् ?
    चुनौतीको कुरा गर्दा पछिल्लो समय जसरी सवारी साधनको संख्या उल्लेखेनिय रुपमा बढेको त्यो अनुरुप जनशक्ति व्यवस्थापन हुन सकेको छैन जसले गर्दा अत्याधुनिक चेक प्वाइटको व्यस्थापन गर्नुपर्ने छ, वसपार्क र पाकिङ्ग क्षेत्रलाई बढाउनुपर्ने छ , ओभरहेड, अण्डरपास, ज्रेवा क्रसिङ ठाउँ–ठाउँमा स्पिड बेरेर बिस्तार गर्दै लैजानुपर्ने देखिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्न त्यसको पूर्ति गर्नुका साथै ट्राफिक प्रहरीभित्र पनि अझै सुद्धिकरण आवश्यकता छ । केहि छिटफुटका कुराहरु आइरहेका छन् कर्मचारीहरुले गरेका त्यसलाई थप कारवाही र व्यवस्थापन गर्नुपर्ने छ । खास गरी चालकहरुबाट आफै घुस रकम असुल नगरेर पान पसलेको समेत आउन सक्ने हुर्दा यस्मा सहजकर्ता रहन जरुरत रहेको छ।
    भावी कार्ययोजना के–के बनाउनु भएको छ ?
    पहिलो कुरा जिल्ला ट्राफिक कार्यलयको लागि भूमि प्राप्ती र भवन निर्माणको कार्य अगाडि बढाउने, बैंकिङ्ग प्रणालीमा राजश्व भुक्तानी व्यवस्थापनको तयारी गर्ने, मापसे प्ररिक्षण हल बनाउने, प्रविधिको विस्तार, आन्तरिक सुद्धिकरणमा थप कडाई गर्ने योजनामा लागि परेको छु ।

  • १९ माघ २०७७, सोमबार १६:४१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न