स्वघोषित अभियन्ता शाहीको समूहद्धारा भेरीका चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि हातपात - Dastabej

स्वघोषित अभियन्ता शाहीको समूहद्धारा भेरीका चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि हातपात

नागरिक अभियन्ताको प्रमाणपत्र कस्ले दियो ? प्रहरीमा मुद्दा दर्ता ।


  • दस्तावेज

  • नेपालगन्ज । विवादित छबीका स्वघोषित अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलगायतको समूहले भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेको छ । कोरोना भाइरस संक्रमणबाट भर्खरै निको भएर विरामीको सेवामा सर्मापित डा. विपीन आचार्य डिउटीमा रहेका बेला बिनाकारण शाहीको समूहले कठालो समातेरा हातपात गरेको हो । डा. आचार्यसंगै नर्स देवा जिसीसहित तीन जनालाई अभर्द शैलीमा गालीगलौज गर्दै अभर्द व्यवहार गरेका छन् । स्वघोषित अभियन्ता किन अस्पताल पुग्यो ? जुम्लाका एक जना विरामी अस्पताल भर्ना भएका थिए । अभियन्ताले ति विरामीको उपचार किन राम्रो उपचार भएन ? प्रश्न गर्न स्वभाविक थियो । तर हातपातकै किन उत्र्यो त ? ‘बिना कारण म ममाथि हातपात भयो । म विरामी जा“च्दै थिए । एकाएक एउटा समूह आयो । कठालो समाते । उपचार किन राम्रोसंग भएन भन्दै धकेले,’ डा. विपीनले भने,‘म कोरोनाबाट भर्खरै सांचो भएको हु“ । तर पनि विरामीको उपचारमै छु । तर पनि हातपात गरे । नमजा लाग्यो ।’
    शाहीको समूहले अस्पतालभित्र गरेको अभद्रताले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल गिरेको छ । कोरोनाको महामारीमा ज्यानको पारवाह नगरी विरामीको सेवामा जुटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भएको हातपातले सर्वत्र आलोचना गरिएको छ । ‘नागरिक अभियन्ताको प्रमाणपत्र शाहीलाई कस्ले दियो ? कहाँ पाईन्छ अभियन्ताको प्रमाणपत्र ? अनि अभियन्तालाई हातपात गर्ने अधिकार कस्ले दियो,’ चिकित्सक र स्वास्थ्यकर्मी भन्छन्,‘बास्तविक अभियन्ताले सहयोग गर्नु पर्ने होईन र ? कि हातपात गरेर हत्तोसाहित गर्ने ?’
    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पतालभित्र प्रवेश गरेर चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हातपात गर्नेलाई कारवाही हुन्छ,’ उनले भने,‘अराजतका गर्न कसैलाई छुट छैन ।’ चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने शाहीका समूहबिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता भएको छ ।

  • १९ माघ २०७७, सोमबार १८:२३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ