काठमाडौँ — प्रतिनिधिसभा विघटनबिरुद्ध र संवैधानिक नियकामा सिफारिस गरिएका व्यक्तिहरुलाई शपथ ग्रहण गगराएको भन्दै नेकपाको दाहाल(नेपाल समूहले बिहिबार आम हड्तालको घोषणा गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले आम हड्तालको घोषणा गरिएको बताइन् । पुर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर हड्ताल गर्नुपर्ने बाध्यता आएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संबैधानिक निकायमा सिफारिस गरिएका व्यक्तिहरुको नियुक्ति गरेपछि उक्त समूह अझ चिढिँएको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल(नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।