आमहडतालको पक्षविपक्षमा सामाजिक सन्जालमा आक्रोस र सर्मथन पोखियो – Dastabej

आमहडतालको पक्षविपक्षमा सामाजिक सन्जालमा आक्रोस र सर्मथन पोखियो

जनताको मन जित्नुपर्ने ठाउँमा दुःख दिने बुद्धि कसरी पलायो ?


  • दस्तावेज

  • नेपालगन्ज । संबिधान बिघटन र संबैधानिक नियुक्तिको विरोधमा नेकपा दाहाल नेपाल समूहले गरेको आमहडताललाई लिएर सामाजिक सन्जालहरुमा आक्रोस र सर्मथन पोखिएको छ । अधिकांशले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । बन्दले मुलुक बरबाद हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । नेपालगन्जमा बन्दको असर समान्य परेको छ । ठूला सवारी साधन चलेका छैनन् । आन्दोलनकारीहरुले बन्द गराउन पुष्पलाल चोकलाई केन्द्रित गरेका छन् । नेपालगन्ज वसपार्कबाट गाडी छुट्ने भएकाले आन्दोलनकारीहरुले पुष्पलाल चोकलाई केन्द्रित गरेका हुन । बिहिबार बिहान आन्दोलनकारी र प्रहरीबीच समान्य झडप भएको थियो । भोजराज पौडेलले बन्द भन्दा अरु बिकल्प छैन यो देशका राजनीतिक दलसंग नभएको प्रश्न गरेका छन् ।
    त्यस्तै नेपालगन्जका पाका पत्रकार पुर्ण चुके लृख्छन्, धिक्कार छ, यी वामपन्थीका नामका सडकमा उत्रिएर ताण्डव नाँच देखाइरहेका पाखण्डीहरुलाई १ यस्तो निन्दनीय काम कसैबाट पनि हुनु भएन, सर्वसाधारण र मजदुरको लात मार्नु जस्तो महापाप र अपराध अरु हुन सक्दैन । नेपाल बन्द सदाका लागि बन्द गरौं १ देश र जना प्रति अलिकति पनि माया छ भने नेपाल बन्द, आन्दोलन र विरोधको विकल्प सोंचौं ।
    त्यस्तै नेता भिव ओलीले कृषकहरुको पसिनाको अवमुल्यन भयो, परिश्रमीक हातहरुले सराप्ने छन,यसलाई किमार्थ राम्रो मान्न सकिँदैन भन्दै आक्रोस पोखेका छन् । ओलीको आक्रोसलाई कृष्ण कन्हैयाले प्रतिबाद गर्दै लेखेका छन्, जसरी ऐले केपि ओलि ले जनता र कमनिस्ट आन्दोलन लाई भ्रम मा राख्नु भाको छ । तेसरी नै यिनी अनावश्यक भ्रम भयो हैन र दाइ एउटा ब्येक्तिलाइ सत्ता मा टिकाइ राख्न दशौ बर्श लायेर बनायेको सम्बिधान र कम्निस्ट आन्दोलान लाई दागब्त्ती दिने ?
    नेपालगन्जका व्यवसायी कृष्ण श्रेष्ठले आज नेपालगन्जमा प्रचण्ड र माधव नेपाल का कार्यकरता हरुको सुर्खेत रोड र न्यूरोडमा देखिएको जुलुसको झलक ।अधिकांस बजार पूर्णरुपमा खोलिएको अवस्था रहेको छ। बिनाकारण बजार बन्द गरेको बिसयमा वेबसाइ हरुद्वारा दुःख ब्यक्त।
    त्यसको जवाफमा शरद रेग्मी लेख्छन्, अनी हिजो हजुर हरे ले नै अगाडी बढाएका जिताउनु भएको नेपालगंज उद्योग वाणिज्य संघ का टंक धामी,आदेश अग्रवाल बन्द गराउदै हिडेका छन त ?
    बर्दियाका पर्वत जेठो लेख्छन्,
    एकपटक घाइतेलाइ सोध गणतन्त्र कसरी आयो भनेर ।
    एकपटक बेपत्ता परिवारलाइ सोध गणतन्त्रमा के पायौ भनेर ।।
    एकपटक सहिद परिवारलाई सोध गणतन्त्रको पीडा के छ भनेर ।
    निरास कार्यकर्तालाइ सोध गणतन्त्रको उपलब्धि के छ भनेर ।।
    सत्ता उन्मात सत्ता तृष्णा हुनेलाइ के थाहा गणतन्त्र केहो भनेर ।
    जनता दिक्क गणतन्त्र हैन भाड तन्त्र रैछ यो भनेर।
    दिवस त्रिपाठी लेख्छन्, जनतालाई जुन सुकै तन्त्र आय पनि कुनै अर्थ लागेन । दुखतन्त्र पिडातन्त्र गरिबीतन्त्र भन्दा फरक के नै पय र रुरु जतितन्त्र आय पनि सबै सत्ता को प्यास मेटाउन आयेका हुन ?
    बिपी लामिछाने लेख्छन्, नेपाल बन्दको भयंकर प्रभाव देखियो। हाम्रो तिर एक्सप्रेस रेल, पानीजहाज, मोनोरेल
    केही चल्या छैन । धन्यवाद ।
    कुमार शर्मा आचार्यले आम हडतालबाट के नतिजा निकाल्न र कसलाई के सन्देश दिन खोजेको हो ? जनताको मन जित्नुपर्ने ठाउँमा दुःख दिने बुद्घि कसरी पलायोरु वाइह्यातको बन्द फिर्ता गर । म आमहडताल र बन्दको बिरोध गर्छु लेखेका छन् ।
    गणेश राईले भोट नपाउने नाम चिनाउने अनि नारा स्थापित गर्नेको मात्र रुचि हो बन्द।बन्दलाई प्राथमिकता नै दिनु पर्ने होईन। बन्दलाई सधैका लागि विदा गरे राम्रो।खासमा यो कसको एजेन्डा रहेछ र पारित भएछ ?

     

     

     

     

  • २२ माघ २०७७, बिहीबार १४:३२ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ