नेपालगन्ज । संविधानसभा बिघटन र संबैधानिक परिषमा नियुक्तिको विरोधमा नेकपा दाहाल र नेपाल समूहले गरेको बन्द बिहिबार साँझ खुलेको छ ।
नेपालगन्ज भएको प्रदर्शन शान्तिपुर्ण रह्यो । बन्द खुले लगत्तै नेपालगन्जको वसपार्कबाट सार्वजनिक साधन सन्चालनमा आएका छन् ।
बन्द गरिएका पसल खुलेका छन् । बन्दका क्रममा मोटरसाईकल र रिक्साहरु गुडेका थिए । तर बजारका कतिपय स्थानमा भने बन्दको खासै प्रभाव परेको देखिएन ।