नेपालगन्ज उपमहानगरपालिका ९ का वडाअध्यक्ष लामाको निधन - Dastabej

नेपालगन्ज उपमहानगरपालिका ९ का वडाअध्यक्ष लामाको निधन


  • दस्तावेज

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष विष्णुबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या आई उपचाररत लामाको बिहीबार राती आठ बजे उनको निधन भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य एवम युवा नेता रमेशप्रसाद तिमिल्सिनाले वडाअध्यक्ष लामाको निधन भएको जानकारी दिए । वडासदस्य तिमिल्सिनाका अनुसार अध्यक्ष लामाको स्वास्थ्यमा समस्या भएपछि दुईहप्ता अघिदेखि उपचाररत थिए । उनको स्वास्थ्यमा सुधार नभएपछि काठमाण्डौं स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा ५२ वर्षिय अध्यक्ष लामाको निधन भएकोछ । जेण्डिस, मृगौला र फोक्सो सम्बन्धि समस्याले ग्रसित लामाका दुई छोरा, दुई छोरी र श्रीमती छन् । वि.सं. २०२५ असार २२ गते जन्मिएका अध्यक्षको २०७७ माघ २२ गते निधन भएको हो । वडा सदस्य तिमिल्सिनाले अध्यक्ष लामाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै भने अध्यक्षको शव नेपालगन्ज ल्याउने वा काठमाण्डौं मै दाहसंस्कार गर्ने भन्ने विषयमा परिवारसंग छलफल भइरहेको छ ।

  • २२ माघ २०७७, बिहीबार २१:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार