नेपालगन्ज । पुर्नवासको जग्गाका लागि सरकारलाई ५४ वर्षअघि स्थानीयले किस्ताबन्दीमा रकम बुझाए । मालपोत कार्यालयले जग्गाको अस्थायी निसा दियो । गाउँ बस्यो । तर स्थानीयले भने जग्गाको लालपुर्जा पाउनबाट अझै बन्चित छन् । सरकारले ५ वर्षे किस्ता तिरेपछि मालपोतबाट लालपुर्जा दिने प्रतिबद्धता जनाएको थियो । तत्कालिन अवस्थामा १४ हजार रुपैयाँ सम्म प्रति कठ्ठा जग्गाको किस्ता बुझाइएको थियो । हाल खजुरा गाउँपालिका वडा न. २ र ३ मा पर्ने सिद्धनगर (साविक सीमापुर गाविस ७) का ४० घरपरिवारले पुर्नवास कम्पनी बर्दियाको ताराताललाई रकम बुझाएका हुन । हाल पुर्नवासको जग्गा पालिका वा सरकारले दिनेमा अन्यौल छ । ‘२०२३ सालमा प्रति कठ्ठा १४ हजारका दरले पैसा बुझाइएको हो । तर सरकारले हालसम्म लालपुर्जा दिन मानेको छैन,’ सिद्धनगरका स्थानीय तथा वडा न. ३ का वडाध्यक्षक कान्तुराम गौतम भन्छन्,‘गाउँम् बसेको आधा शताब्दी बितिसक्यो । तर गाउँ पुर्जाबिहिन छ ।’तत्कालिन सरकारले २०१६ मा पुर्नवासका लागि पश्चिम मानखोला, पुर्ब खजुराखुर्द, उत्तर थपुवा गाउँ र दक्षिण भारत चार किल्ला तोकेर २७ विगहा जग्गा छुट्याएको हो । त्यही जग्गामा बसोबास गर्न १४ हजार प्रतिकठ्ठा जग्गाको मुल्य तोकिएको थियो । स्थानीयले रकम पनि बुझाए । अस्थायी निस्सा पनि छ । तर लालपुुर्जाको टुङो लाग्न सकेको छैन । रकम तिरेर पनि उनीहरु उक्त जग्गा राखेर बैकिङ कारोबार गर्न पाएका छैनन् । ‘स्थानीय सरकार आएपछि जग्गाको टुङो ढिलोचा“डो लाग्ला,’ वडाध्यक्ष गौतम भन्छन्,‘मैले पनि पुर्जा पाएको छैन । प्रयास भइरहेको छ ।’
सरकारले आफूहरुसंग रकम उठाएर ठगी गर्न खोजेको आरोप स्थानीयको छ । ‘जग्गा दिनु थिएन भने हामीबाट किन पैसा असुली गरियो । ऋण खोजेर किस्ता बुझाई सकेको जग्गाको पुर्जा सरकारले तत्काल उपलब्ध गराउनु प¥यो,’ स्थानीय अगुवा टंक पोखरेल भन्छन्,‘अस्थायी लालपुर्जाको श्रेष्ता मालपोतमा बनिसकेको छ । पुर्जा विरतण गरिदिए हामीलाई राहत मिल्ने थियो ।’ जग्गाको अस्थायी कागज पाएपछि स्थानीयले पक्की घर निर्माण गरेका छन् । गाउँमा गजको सडक छ । बिद्युत जडान गरिएको छ । खानेपानीका धाराहरु जडान गरिएका छन् । तर, उक्त गाउ“ले भने अझै पनि कानुनी मान्यता पाउन नसक्दा स्थानीय चिन्तित छन् । ‘लालपुर्जा नपाउँदा हामीले बनाएको घरको जग्गालाई सरकारले अर्कैलाई दिने डर छ । अस्थायी निस्साका आधारमा बैंक कारोबार गर्नबाट बञ्चित भएका छौ“,’स्थानीय शैलेन्द्रकुमार खत्रीले भने,‘सबै कानुनी प्रकृया पूरा गरिसक्दा पनि लालपुर्जा पाइएको छैन । हामी अन्यायमा परेका छाँै ।’
जग्गा पाउन पैसा बुझाई सकेका स्थानीयहरु थुप्रै पल्ट स्थानीय प्रशासन र मालपोत कार्यालयमा धाइरहेका छन् । उनीहरुले विभिन्न राजनीतिक दलका नेताहरुसंग पनि गुहार गरिसकेको गुनासो गरे । तर, समस्या सम्बोधन हुननसकेकोमा उनीहरु चिन्तित छन् । ‘प्रशासन र राजनीतिक पार्टी प्रमुखहरु कहाँ धाएर थाकिसकेका छौ“ । तर, सुनुवाई भने भएको छैन,’ स्थानीयको गुनासो छ,‘सरकारलाई पैसा तिर्दा पनि जग्गाको लालपुर्जा नपाएर अन्यायमा परेका छौँ । हाम्रो समस्या छिटै समाधान गरिदिनु प¥यो ।’ स्थानीयले जग्गा अनुसार डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म किस्ता बुझाएका छन् । केहीले लालपुर्जा पाउने भन्दै एकमुष्ट रकम बुझाएका छन् । खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले उक्त बस्तीका बारेमा पुर्नवास कम्पनीसंग समन्वय भइरहेको जनाए । ‘पुर्नवास कम्पनीसंगको छलफलपछि गाउ“पालिकाबाट लालपुर्जा उपलब्ध गराउने योजनामा छाँै,’ उनले भने ।