पर्यटनमा कम छैन बर्दिया (फोटो) - Dastabej

पर्यटनमा कम छैन बर्दिया (फोटो)


  • दस्तावेज

  • बर्दिया । विकासका दृष्टिकोणले जति पछि छ, त्यति नै अगाडि छ पर्यटन क्षेत्रका लागि बर्दिया । तर प्रचार अभावमा अझै पनि यहाँका पर्यटकीय स्थान ओझेलमा छन् । बाघ गैडा हेर्न पाईने बर्दिया राष्ट्रिय निकुन्जमात्रै होईन मुलुककै लामो गेरुवा नदी पूल यही छ ।

    चार जिल्लाको सीमा छुने चेपाङको बबई होस वा प्राकृतिकरुपमा रहेको एक सय १० विगहाको बढैया ताल । एशियाकै नमुना मानिने बर्दिया र कैलालीबीचको एउटै पिलरको कर्णाली चिसापानी पुल हेर्न दैनिक सयौं पुग्छन् । त्यसबाहेक ठाकुरद्वारास्थित डल्ला होमस्टेको बसाई र गुलरिया नगरपालिका खैरापुरमा संक्षण गरिएका कृष्णसार हेर्न आउनेको कुनै कमी छैन । बाँसगढी नगरपालिकामा धार्मिक पर्यटनका लागि मुलुककै आग्लो केदेश्वर धाम निमार्ण गरिएको छ । बर्दिया बिदेशी तथा स्वदेशी पर्यटकहरुको रोजाईको गन्तब्य बनिसकेको छ । जंगल सफारीदेखि थारु गाउँ घुम्नका लागि विदेशी पर्यटकहरु आउने गरेका छन् । बाघ हेर्न पाईने सिजन यही हो । त्यसैले ठाकुरद्वारामा विदेशी पहुना आउने क्रम बढेको छ । पहिलेभन्दा अहिले विदेशी पहुनाको फ्लो बढेको छ । किन भने यही बेला निकुन्जमा सहजै बाघ देख्न सकिन्छ । पर्यटकीय क्षेत्रका रुपमा बर्दियाले आफ्नो पहिचान बनाईसकेको छ । बर्दिया राष्ट्रिय निकुन्जमा ८० भन्दा बढी पाटे बाघ, एक सय बढी हात्ती, बाह्रे सिङ्गे, गोही रहेका छन् । चित्तल र जरायो प्रजातिका बन्यजन्तुको कुनै गणना गर्न असम्भव छ । पर्यटकहरुका लागि ठाकुरद्वारामा दुई दर्जन बढी आधुनिक सुविधा सम्पनन रिसोर्ट र होटलहरु खुलिसकेका छन् । पर्यटकहरु आउने क्रम बढेसंगै आदिबासी थारु समुदायको परम्परागत नाच र परिकारले व्यवसायिकता पाउ“दै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

    BadhiyaTal 

     

    Chepang

    चिसापानी कर्णालीमा घुम्न पुग्नेको भिड हुन्छ । चिसो हावामा सेल्फी लिन र माछा खान पुग्ने बढी हुन्छन् । विदेशीहरु ¥याफटिङका लागि कर्णाली नदीमा पु्ग्छन् । एउटै पिलर र तारमा झुलेको पुल एशियाकै नमुना मानिन्छ । दैनिक सयौँ विदेशी तथा स्वदेशी पर्यटक त्यहाँ पुग्छन् । कर्णाली चिसापानीमा घुम्नुको मजा नै फरक छ । अझ गर्मी समयमा यहाँको वातावरण अति नै आनन्द लाग्छ । नेपालकै सबैभन्दा लामो आरसिसि पुल कर्णाली गेरुवा १०१५ मिटर छ । लामो पुल हेर्न दैनिक सर्वसाधारणहरु पुग्छन् । यो पुलले बर्दियाको श्रीलंका टापुको रुपमा चिनिने राजापुरलाई जोडेको छ । प्राकृतिक सम्पदाले भरिभराउ बर्दिया राज्यबाट ठगिदै गएको छ । भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा सोंचे अनुरुप फड्को मार्न नसकेको हो । तर निकुञ्ज क्षेत्रमा पर्यटन विकासका लागि होमस्टे सन्चालन गरिरहेका सर्बसाधारणहरुले कला, संस्कृतिक संरक्षण संगै महिनामा ‘घरखर्च’ चलाउने पैसा आमदानी गरेका छन् ।

    बर्दियाको अर्को पर्यटकीय क्षेत्र हो बढैया ताल । जुन ११० विगहा बढी क्षेत्रफलमा छ । १२ महिनै पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुङ्गी र पानीमा बस्ने जिवजन्तुहरु पाईन्छ । तालमा बोटिङको ब्यवस्था मिलाईदै छ । उक्त तालमा ३१ बढी प्रजातिका चराहरु पाईने स्थानीय बताउ“छन् । मुलुककै दुर्लभ प्रजातीका सरास लगायतका चरा देख्न पाईछ । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउ“छन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा कमै देखिन्छन् । स्थानीयका अनुसार तालमा सरास, करेङकुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातीका चरा पाइन्छ । डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हा“स, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार तालमा पाईन्छ । माछा पालन गर्दा पानीजन्य जीवजन्तुहरु नष्ट भए । जैविक विविधता पनि हरायो । बढैया ताल गाउ“पालिका प्रमुख लालबहादुर श्रेष्ठले नेपालकै पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको बताए ।


    पर्यटनका ेसम्भावना भएर पनि बर्दिया निकुन्जलाई सरकारले पर्यटन गन्तव्यस्थल घोषणा गरेको छैन । पर्यटनको जिम्मा बोकेको पर्यटन बोर्डले समेत नेपालको पूर्वीभेगको तुलनामा पश्चिमलाई अपहेलित गर्नु पनि बर्दियाको अर्को समस्या हो भन्दा फरक पर्दैन । पर्यटनका क्षेत्रमा काम गर्दै आएका होमस्टे सन्चालक कृष्ण चौधरीले पर्यटन विकासमा राज्यको दृष्टि नपुगेको जनाए । बाँके, बर्दिया, सुर्खेत र सल्यान जोड्ने बर्दियाको सुन्दर पर्यटकीय स्थल चेपाङ गाउँ । बबई नदी छेउमै रहेका उक्त गाउँमा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । तर व्यवस्थित भने छैन । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले पर्यटन क्षेत्रका रुपमा चेपाङलाई विकास गर्न लागि परेको बताए । मधुवनको जब्दीघाटको झुलेन्गे पुल पनि घुमघामका लागि लोकप्रिय बन्दै गएको छ । बिदेशी शैलीको देखिने पुलमा सेल्फी लिनेको भिड हुन्छ ।

  • २३ माघ २०७७, शुक्रबार १५:१५ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा