नेपालगन्ज उपमहानगरपालिका १२ मा ग्रासरुट फुटबल प्रशिक्षणको उद्घाट्न गरिएको छ । बुद्ध युवा क्लबको आयोजनामा सुरु भएको प्रशिक्षणमा पचास भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । बुद्ध युवा क्लबका अध्यक्ष सुरज खड्काको अध्यक्षता तथा बडा सदस्य दिनेसराज पन्तको प्रमुख अतिथिमा भएको कार्यक्रममा खेलाडीहरुलाई फुटबल जर्सी हस्तान्तरण गरिएको थियो । क्लबका सचिव तरुण बज्राचार्यले सञ्चालन गरेको कार्यक्रममा खेल प्रेमी तेज विक्रम शाह, बाँके जिल्ला फुटबल संघका भोजराज शाही, संघका उपाध्यक्ष मोहन सिंह थापा, फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठ, समाजसेवी अमृत आचार्य ,पत्रकार सुनिल रेग्मी लगायतले जर्सी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य पन्तले वडा कार्यालयले खेल विकासमा सधै सहयोग गर्ने बताए । उनले आफु पनि खेल प्रेमी भएको हुनाले खेललाई सदैव माया गर्ने बताए । कार्यक्रममा बोल्दै फुटबल संघका अध्यक्ष शाहीले बाँके जिल्ला फुटबलको नामले चिनाउन आफू तयार रहेको बताउँदै यस्ता खाले कार्यक्रमले फुटबलको विकास हुने बताए । प्रशिक्षणको मुख्य भूमिका भिमजंग शाहले निर्वाह गर्नेछन् ।