कैलाली— सुदुरपश्चिम प्रदेशको कैलालीको जानकी गाउँपालिका ९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । ढिस्कोमा पुरिएर दुई जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले मृत्यु हुनेमा पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको ढिस्कोमा पुरिएर मृत्यु भएको बताए । उनका अनुसार ढिस्कोमै पुरिएर काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको र उननीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक न्यौपानले जनाए ।