नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को बालमैत्री स्थानीय शासन वडा घोषण अभियान अन्र्तगत वडा स्तरीय बालक्लव सञ्जालको पुर्न गठन बाताबरण तथा बालअधिकार संरक्षण केन्द्र नेपालको आयोजना , वडा स्तरीय बालक्लव सञ्जाल र बालमैत्री स्थानीय शासन वडा समितिको सहकार्य र १२ नं. वडा कार्यालयको सहयोगमा सम्पन्न भएको छ । बातावरण तथा बालअधिकार संरक्षण केन्द्रको अध्यक्ष तेजविक्रमको सभापतित्व र १२ नं. वडा कार्यालयको वडा सदस्य दिनेश राज पन्तको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा वडा भरीका २१ बालक्लवबाट आएका ४२ प्रतिनिधीहरु बाट २१ सदस्यीय कार्यसमित पुर्न–गठन गरिएको छ । बालबालिका हरु विच कडा प्रतिशप्रधा भईरहदा अध्यक्ष पदको लागि शिव बालक्लवको मनिषा वली र ह्याप्पी बालक्लवको आशिका खड्का विच दुई चरण सम्म बराबर १५÷१५ भोट आएकाले अन्तिममा गोला प्रथाबाट ह्याप्पी बालक्लवकी आशिका खड्का अध्यक्षमा चयन हुन सफल भएकी छिन् , त्यस्तै उपाध्यक्षमा सुवर्ण राणा(होलील्याण्ड बालक्लव),सचिवमा सन्तोष नेपाली(युनाईटेड बालक्लव), सहसचिवमा रञ्जना पाल(स्मार्ट बालक्लव) र कोषाध्यक्षमा ग्रिसा शाही (उज्वल भविश्य बालक्लव) चयन हुन भएको छ । वडाका विभिन्न बालक्लव बाट क्रमस मनिषा वली, सोनी भाट, रेनिस सेडाई, रुचि चिडिमार, कृष्टिना अधिकारी, रोहित चिडिमार, श्याम धोवी, जिनत भाट, मेनेका बहेलीया , आकृति चिडिमार, फरमिस खान, सिर्जना पटहर, धिरज थापा, सुफिया बागवान, स्नेहा बहेलिया र नन्दनी परियार सदस्यमा चयन हुन भएको छ । कार्यक्रममा सञ्जालको निवर्तमान अध्यक्ष विजेता पौडेलले आफ्नो नेतृत्वमा २ वर्षमा बालबालिकाको क्षेत्र तथा बालमैत्री वडा निर्माण अभियानमा वडा बाल सञ्जालले गरेको योगदानको बारे बोल्दै नयाँ कार्यसमितिलाई बधाईका साथ सहयोग गर्न सधै अग्र पन्तीमा रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा प्रमुख अतिथीको आसन ग्रहण गर्नुभएको वडा सदस्य दिनेशराज पन्तले नवगठित कार्यसमितिलाई बधाई दिदै बालबालिका भनेका आजका साझेदारी र भोलिका कर्णधार हुन् त्यसैले हामिहरुले बालबालिकामा लगानी गर्न अत्यन्तै जरुरी छ साथै वडा समिति पनि बालमैत्री वडा निर्माणको लागि बालबालिकामा बजेट विनियोजित गरी यसै वर्ष बालमैत्री वडा घोषणा गर्न योजना रहेको बताउनु भयो । कार्यक्रमको सभापति एवम् बाताबरण तथा बालसंरक्षण केन्द्र नेपालका अध्यक्षले वडाको बालबालिकाको बजेट कार्यक्रम मात्र गरेर सक्ने होईनकी वडा लाई बालमैत्री वडा घोषणा गरेरै छोड्ने संस्था तथा व्यक्तिगत तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भयो । यस कार्यक्रमलाई बालमैत्री सहजकर्ता राजेन्द्र विष्टले सहजिकरण गर्नु भएको थियो साथै कार्यक्रममा वडाका वुद्दिजिवी, समाजसवी तथा बालमैत्री अभियानमा जोडिनु भएका जनकराम भण्डारी,अमृत आचार्य, राम प्रसाद भट्राई,लक्ष्मी खड्का, दिपाली शाक्य लगाएको उपस्थीति रहेको बातावरण तथा बालसंरक्षण केन्द्र बाट गिता आचार्यले बताउनु भयो ।