बैतडीमा सामूहिक बलात्कारपछि हत्या प्रकरण—परिचितबाटै हत्याको आशंका – Dastabej

बैतडीमा सामूहिक बलात्कारपछि हत्या प्रकरण—परिचितबाटै हत्याको आशंका

घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परे पनि प्रहरीले यसबारे केही खोलेको छैन । ‘अपराध गर्ने व्यक्तिको नजिक पुगिसकेका छौं ।


  • मातृका दाहाल

  • काठमाडौँ— भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ । घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ। भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ । भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको थियो तर उनले रिसिभरकलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरूबाट छुटेर हिँडेकी थिइन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परे पनि प्रहरीले यसबारे केही खोलेको छैन । ‘अपराध गर्ने व्यक्तिको नजिक पुगिसकेका छौं । पोस्टमार्टम रिपोर्ट, भजाइनल स्वाब र शरीरका नीलडामको प्रमाणबाट शंका गरिएका मानिससँग भिडाउन बाँकी छ,’अनुसन्धानमा संलग्न एक प्रहरीले भने । धनगढीबाट ल्याइएको कुकुरले पानी परेकाले सामान्य अवस्था जस्तो विस्तृतमा संकेत नदिए पनि अपराधको ‘लोकेसन’ पहिल्याएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ । ‘घटनास्थलमा भेटिएको मोबाइलको कल डिटेल र त्यसमा केन्द्रित प्राविधिक अनुसन्धानको पाटो खुलाउने क्रममा छौं,’ स्रोतले भन्यो, ‘टेक्निकल, म्यानुअल र बाहिरी निगरानीमा अनुसन्धान गर्न टोलीलाई छुट्टाछुट्टै खटाइएको छ ।’ जिल्ला अस्पताल बैतडीले शनिबार दिउँसो भजाइनल स्वाब संकलन गरेपछि पोस्टमार्टम गरेको छ । भजाइनल स्वाब निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । परिवारले आइतबार शव बुझ्ने जानकारी दिएको सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी मुकेश सिंहले जानकारी दिए ।
    ‘अनुसन्धानमा कुनै पनि कमीकमजोरी नहोस् भन्नका लागि हामी ज्यादै संवेदनशील छौं । अपराधका क्लु भेटिएका छन्, अनुसन्धानमा भएकाले अहिले खुलाउन मिल्दैन,’ उनले कान्तिपुरसँग भने, ‘अपराधीलाई जसरी पनि कारबाहीको दायरामा ल्याइनेछ ।’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले शवका नीलडाम र चोटबाट पासविक तवरले ज्यान लिएको देखिने बताए । ‘मृत्यु के कारणले भयो भन्नेबारे आइतबारसम्म रिपोर्ट दिन्छौं, बाँकी विषय त्यही रिपोर्टमा खुलाएर प्रहरीमा पठाउँछौं,’उनले भने । कञ्चनपुरकी किशोरी निर्मला पन्तको २०७५ साउन १० मा भएको बलात्काररहत्या घटनाको अनुसन्धानमा हेलचेक्य्राइँ गरेको आरोप प्रहरी र प्रशासनमाथि लागेको थियो । त्यस्तो कमजोरी हुन नदिन यो घटनामा बैतडी प्रशासन, अस्पताल र सरकारी वकिल कार्यालयका प्रमुख नै घटनास्थल पुगेर अनुसन्धानमा संवेदनशील बनेको सन्देश दिन खोजेका छन् । ईकान्तिपुरबाट

  • २५ माघ २०७७, आईतवार १०:१० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ