सीमामा कोभिड नेगेटिभको रिर्पाट देखाउनु पर्ने परिपत्रले सास्ती - Dastabej

सीमामा कोभिड नेगेटिभको रिर्पाट देखाउनु पर्ने परिपत्रले सास्ती

नाका खोल्ने परिपत्रले नेपालीहरुलाई घर फर्किन समस्या


  • दस्तावेज

  • नाका खोल्ने परिपत्रले नेपालीहरुलाई घर फर्किन समस्या
    नेपालगन्ज । नयाँ खाले कोरोनाको नेगेटिभ रिर्पोट देखाएमात्रै नेपाल प्रवेश गर्न भनिएको छ ।नेपाल—भारत सीमा खोल्ने परिपत्रमा गरिएको जटिलखाले व्यवस्थाले भारतबाट फर्किने नेपालीहरु नेपाल प्रबेशमा समस्या देखिएको छ । परिपत्रमा भारतबाट आउने भारतीय नागरिक र नेपालीहरुको हकमा नयाँ प्रकारको कोरोना भाइरसको रिर्पोट नेगेटिभ देखाएर मात्रै नेपाल प्रवेश गर्न दिने भनिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नाका खोल्ने बारे मन्त्रालयबाट परिपत्र आएको बताए । ‘तर जुन सम्भव देखिरहेको छैन । उक्त व्यवस्थाले नाका खुलेको मान्ने कि नमान्ने बुझ्न गाह्रो छ,’ उनले भने,‘अब बस्ने बैठकले के निर्णय गर्छ त्यही अनुसार गर्छौ ।’ उनले नेपालीहरुलाई भारत जान दिइएको तर सवारी साधनहरुमा पूर्णरुपमा रोक लगाएको जनाए । अतिआवश्यक पेट्रोलिय पदार्थ, खाद्यन्न र उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु बोक्ने सवारी साधनहरुलाई भने आउजाउ गर्न दिइएको छ । नाका खोल्ने परिपत्रले भारतबाट घर फर्किने नेपालीहरुलाई समस्या भएको छ । उनीहरुसंग कोभिडको नया“ खालको भाइरसको नेगेटिभ रिर्पोट नहुँदा समस्या हुने गरेको हो । स्थानीय प्रशासनको समन्वयमा भारतबाट फर्किने नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छ ।
    सरकारले नेपाल—भारत सीमा खोल्ने निर्णय गरेको खबर सार्वजनिक भएपछि नेपालगन्जको जमुनाहामा भारत जानेहरुको भिडभाड बढेको छ । भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे हुन थालेको छ । सवारी साधन लिएर नेपाल भारत आउजाउ गर्न खोज्ने सर्वसाधारणहरुलाई प्रहरीले रोक्ने गरेको छ । सवारी साधन वारी नै राखेर नेपालीहरुलाई पैेदल भारत जान दिएको छ । नाका खुलिसकेको जानकारी पाएका सर्वसाधारणहरुले सुरक्षाकर्मीहरुसंग विवाद गर्न थालेका छन् । ‘सरकारले सबै नाका खोलिसक्यो तर हामीलाई रोक्ने भन्दै कतिपय विवाद गर्छन,’ नेपाल—भारत सीमा जमुनाहास्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु गिरी भन्छन्,‘नाका खुलेको समाचार आएपछि भिडभाड बढी हुन थालेको छ ।’ नेपाल तर्फ रिक्सा र मोटर साईकलका कारण ट्राफिक सेवा अस्तव्यस्त छ । सवारी साधन राख्ने स्थान अभाव भएको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गिरीले नाका खोल्ने बारे स्थानीय प्रशासनबाट निर्देश नआएको जनाए । उनले निर्देशनपछि मात्रै सवारी साधनहरु भारत जान दिने बताए । ‘मान्छेहरुलाई जान दिएका छौ“ । तर मोटरसाईकल र रिक्सासमेत भारत जान दिएका छैनौ,’ उनले भने,‘पैदल आउजाउ भइरहेको छ ।’
    नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक सयौ“ सर्वसाधारणहरु किनमेलका लागि पुग्ने गर्छन । सवारीसाधन लैजान रोक लगाइएका कारण वारी बढी भिडभाड हुने गरेको हो । सयौं मोटरसाईकलहरु सडकको बीचमा लहरै राखिएको देख्न सकिन्छ । सयौं रिक्सका कारण सडक अवरुद्ध हुने गरेको छ ।

     

  • २६ माघ २०७७, सोमबार १६:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ