बाँकेमा मोटरसाईकल चोरी, पहाडी जिल्लामा बिक्री (फोटोसहित) - Dastabej

बाँकेमा मोटरसाईकल चोरी, पहाडी जिल्लामा बिक्री (फोटोसहित)

६ मोटरसाईकलसहित गिरोह पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेमा मोटरसाईकल चोरीका घटना बढे तर प्रहरीलाई खोज्न हम्मे पर्यो । कारण के थियो भने चोरीका मोटरसाईकल पहाडी जिल्लामा बिक्री हुने गरेको थियो । तर बाँके प्रहरीले त्यसको भण्डाफोर गर्न सफल भएको छ ।

    प्रहरीले मोटरसाईकल गिरोह पक्राउ गर्न सफल भएपछि उक्त घटना बाहिर आएको हो ।

    पक्राउ पर्नेमा बा“के खजुरा गाउ“पालिका ३ का रामबहादुर थापा, जुम्ला चन्दननाथ गाउ“पालिक ११ घर भै हाल नेपालगन्ज ४ वसपार्क बस्ने धिरेन्द्रबिक्रम शाही,दांग गढवा ४ का ईरसाद अहमद मुस्लमान, रोल्पा लुग्री १ का छबिलाल सुनार, रोल्पा लुग्री ५ का नवराज रोका क्षेत्री र नेपालगन्ज १० का रंजीत शर्मा रहेका छन् ।

     

    मुसलमान र रंजित वर्कसपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

     

    उक्त समूहले भिडभाडमा राखिएको मोटरसाईकलको तार काटेर सिधै स्टाट गरेर चोरी गर्दै आएको खुलेको छ ।

    उनीहरुले नेपालगन्ज लगायतका विभिन्न क्षेत्रबाट मोटरसाईकल चोरी गरी चेचिस नम्बर समेत परिवर्तन गरेर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । बा“के प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले मोटरसाईकल चोरीको घटना बढेपछि बिशेष टोली गठन गरी अनुसन्धान गर्दा गिरोह नै पक्राउ परेको जनाए । उनले उक्त गिरोहबाट ६ वटा मोटरसाईकल बरामद गरेको जनाए ।

  • २८ माघ २०७७, बुधबार १५:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार