काठमाडौँ — नेकपा दाहाल नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो । गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण बिहीबार सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । कानुनले वर्जित गरेका अभिव्यक्ति उहाँले दिनुभएको देखियो, यसबारे के भएको हो त भनेर उहाँसँगै सोधपुछ गर्न लागेका हौं । उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ,उनले भने ।