नेपालगन्ज । राष्ट्रिय अनुसन्धान बाँकेका सहायक सुचक प्रविण थापाको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका ७ जना बिरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनीहरुबिरुद्ध कर्तब्य ज्यानको अभियोग दर्ता भई जन्म कैदको माग गरिएको प्रहरीले जनाएको छ । माघ २ गते गाँजा खाने युवाहरुको समूहले सुचक थापाको टाउकोमा काठको चिरपटले प्रहारी हत्या गरेको प्रहरीले जनाएको छ । बगैचा जोगाउन बेरिएको तारबारबाट उनीहरुले काठको चिरपट निकालेको प्रहरीले जनाएको छ । नेपालगंज उपमहानगरपालिका १८ कालिकामाई मन्दिर बगैचा नजिकै हत्या भएको थियो । त्यस क्षेत्रमा लागुऔषध सेवन तथा कारोवार गर्ने स्थान भएको सूचनाका आधारमा थापा त्यहाँ पुगेका थिए । हत्याको आरोपमा दिनेशकुमार कुर्मी, ( निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क., सुशान्त भण्डारी र सुवास थापालाई प्रहरीले काठमाडौं, कैलाली र नेपालगन्जबाट पक्राउ गरेको हो । बा“के प्रहरी प्रमुख प्रहरी उपरक्षीक ओम रानाले अनुसन्धान सुचक थापाको हत्या आरोपमा पक्राय परेका युवाहरुसंग सोधपुछ गरी अनुसन्धानको काम पूरा भएपछि सरकारी वकिलको कार्यालय मार्फत मुद्दा अदालतमा पेश गरेको बताए । ‘गाँजा खाने र कारोबार हुने जानकारी पाएपछि सुचक थापा घटनास्थल पुगेको देखिन्छ । तर उनको टाउको चिरपटले हानेर हत्या गरियो,‘उनले भने,‘घटनामा संलग्न सबैलाई पक्राउ गरिसकेका छौँ । अनुसन्धान पूरा भएर पनि मुद्दा अदालतमा पेश भएको छ ।’
किन भयो हत्या ?
अनुसन्धान सुचक थापा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि सूचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मिसंग माघ १ गते सा“झ ६ घटना स्थल पुगेका थिए । पक्राउ परेका युवाहरु गा“जा खादै थिए । ति मध्ये विवेक परियारले दिनेश कुमार कुर्मिको मोटर साईकलमा रहेको हेलमेट राम्रो लागेर उठाएर लागेपछि थापा पिछा गर्दै गरेका थिए । ‘लगत्तै युवाहरुले प्रविणको टाउको चिरपटले प्रहार गरेपछि थापाको मृत्यु भएको हो,’ प्रहरी उपरीक्षक रानाले भने,‘हत्या गर्नुको कारण हेलमेट विवाद हो । गाँजा खाएका युवाहरुले उनको हत्या गरेको खुलिसकेको छ ।’ घटनास्थलमा दिनेशकुमार कुर्मिले प्रयोग गर्ने चप्पल बरामद भएपछि अनुसन्धान त्यहीबाट सुरु गरिएको थियो । सीआईबीको टोली अनुसन्धानका लागि काठमाडौंबाट नेपालगन्ज आएको थियो । सिआईबीको सहयोगमा बा“के प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । सुचक थापाका साथी कुर्मिले तत्काल वचाउने तर्फ कुनै प्रतिकार नगरेको, घटना पश्चात भागेका थिए ।