बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या : उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा - Dastabej

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या : उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा

घटनाको ढाकछोप गर्न सघाएको भन्दै चौकी प्रमुख निलम्बित


  • कमल पन्थी

  • बर्दिया — भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया—३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको  गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो ।  बलात्कारपछि हत्या गरिएको भन्दै फेब्रुअरी २ मा चैनपुर कुण्डवा थानामा एफआईआर दर्ता भएको थियो । आरोपी भनिएका सीताराम साहको घर पुगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।सुमित्राको हत्या गरिएको डेरा र जलाइएको ठाउ‘को डीएसपी शिवेन्द्रकुमार अनुभवीका साथ दर्जन बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलदेखि ६ सय मिटर दूरीमा प्रहरी थाना रहेको छ ।सुमित्राका दाजुले बहिनी मृत अवस्थामा फेला पारेका कारण छोरालाई प्रहरीले घटनास्थल पुऱ्याएर सॉझ डेरामा छाडेको आमा कृष्णीले बताइन् । छोरासँग घटनाबारे प्रहरीले सोधपुछ गरेको उनले सुनाइन् । भारतीय दण्ड सजाय १४९/३४२/४५०/३७६ (डि,बी),१२०(बी)३०२/२०१ अनुसार एफआईआर मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । बलात्कार,हत्या र सुमित्रालाई जलाएको घटनामा संलग्न भएका भनिएका ९ जना हालसम्म फेला परेका छैनन् ।

    ११ जना अभियुक्तमध्ये ४ जनामाथि बालिकामाथि दुष्कर्म र हत्याको अभियोग छ । विनय साह, दीपक साह, रमेश साह र देवेन्द्र साहविरुद्ध दुष्कर्म र हत्याको अभियोगमा मुद्दा दर्ता भएको थियो । घरबेटी सीतारामसहित ७ जनाविरुद्ध लास जलाएको अभियोग लागेको छ । मानवअधिकारकर्मी मोहना अन्सारीले घटनाका सम्बन्धमा भारतस्थित नेपाली राजदुतावासले पहल गर्नुपर्ने बताइन् । घटनाका बारेमा नेपाल सरकारले भारतसँग समन्वय गरेर पीडित परिवारलाई न्याय र दोषीमाथि कडा कारबाही गर्न पहल गर्नु पर्ने उनको भनाइ छ । जिल्लास्थित नागरिक समाज सञ्जाल, गैरसरकारी संघ संस्था यसबारे कुनै चासो नदिएको सुमित्राका भिनाजु नवलसिंह विकले गुनासो पोखे । घटना ढाकछोप गर्न सहयोग पुर्‍याएको अभियोगमा कुण्डुवा चौकीका थानाध्यक्ष सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको सुमित्राका भिनाजु नवलले बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रशासन र प्रहरी कार्यालय,बर्दियामा पीडित परिवारले दोषीमाथि कडा कारबाही र न्याय दिलाउन पहल गरिदिन निवेदन दिएको प्रहरी नायब उपरीक्षक हेम शाहीले बताए ।

    ईकान्तिपुरबाट

  • १ फाल्गुन २०७७, शनिबार १४:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार