पप्पुको ठेक्का रद्द, एक वर्षमै ७५ प्रतिशत काम - Dastabej

पप्पुको ठेक्का रद्द, एक वर्षमै ७५ प्रतिशत काम

नौवास्ता क्षेत्रीय कारागार निमार्ण


  • दस्तावेज

  • नेपालगन्ज । तीन वर्षदेखि अलपत्र परेको बाँकेको बैजानाथ गाउँपालिका नौबास्तास्थित क्षेत्रीय कारागार निमार्णको काम एक वर्षमै ७५ प्रतिशत पुगेको छ । यसैगरी निमार्णको कामले तिब्रता पाए बैशाखसम्म पहिलो चरणको काम पूरा हुने छ । उक्त आयोजनाकोका काम सरुवा—पप्पु जेभीले पाएको थियो । पप्पु कन्ट्रक्सनले तीन वर्षसम्म ठेक्का ओगटेर बसे पनि निमार्णको काम ५ प्रतिशत मात्रै भएको थियो । पप्पुले काम नगरेको भन्दै ठेक्का तोडेर सरुवालाई दिइएको छ । कारागार निमार्णको समयावधि सकिएका कारण म्याद थपिने प्रक्रियामा छ । सरकारले कोरोना भाइरसको महामारीको कारण देखाउँदै छ महिनाका लागि म्याद थप्ने गर्ने निर्णय गरेको छ ।
    शहरी विकास तथा भवन निमार्ण विभाग संघीय आयोजना कार्यालय ईकाई नेपालगन्जका ईन्जिनियर सुदीप झाले दुई वटा युनिट भवनको काम अन्तिम चरणमा पुगिसकेको बताए । उनले यसैगरी तिब्रताका साथ काम भए बैशाखसम्म पहिलो चरणको काम सकिने उनले जनाए । ‘पहिलो चरणको दुई युनिटको १० वटा भवनको ढलान भइसकेको छ । इटा जडान भएर प्लास्टरको काम भइरहेको छ,’ उनले भने,‘बिद्युतको काम र सुरक्षावाल ब्लाकको काम हुन क्रममा छ ।’ दोस्रो चरणको कार्ययोजना अनुसार प्रशासनिकलगायतका भवनको ईटा जाडाई भइरहेको छ । उक्त क्षेत्रीय कारागार निमार्ण हुनसके करिव २ हजार १ सय कैदीबन्दी राख्न सकिने छ । उनीहरुको सुरक्षा र प्रशासनिक कार्यका कर्मचारी र कैदीबन्दी गरी ३ हजारको क्षमता रह्ने छ । नेपालगन्जस्थित कारागार निकै जिर्ण र क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरकारले क्षेत्रीय कारागार निमार्णको काम अगाडि बढाएको हो । नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी तीन गुणा कैदीबन्दी राखिएका छन् । अधिकारबादीहरुले क्षमताभन्दा कैदीबन्दी राखिएका कारण उनीहरुको अधिकार हनन् भएको भन्दै समस्या समाधानका लागि सुझाव दिंदै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नेपालगन्ज कारागारको क्षमता बढीमा तीन सय रहेको भन्दै क्षेत्रीय कारागार निमार्णका लागि पटकपटक अनुगमन गरिरहेको बताउ“छन् । ‘कैदीबन्दी राख्न समस्या भएपछि स्थलगत अध्ययन गरी निमार्ण कम्पनीलाई समयमै काम गर्न निर्देशन दिइरहेका छौँ,’ उनले भने,‘क्षेत्रीय कारागार निमार्ण हुनसके कैदीबन्दीलाई बस्न सकस हुने छैन ।’

    पप्पुुले कारागार निमार्णको कामे भ्याटबाहेक ३९ करोडमा ठेक्का लिएको थियो । तर कारागार निर्माणका लागि ठेक्का लिएका तीन वर्षसम्म भने पा“च प्रतिशत पनि काम भएको थिएन । तर निमार्णको काम ओगटेर ठेकेदारले बैंक ग्यारेटी राखेर काम सुरु गर्न २० प्रतिशत सात करोड रुपैया“ पहिलो किस्ता बुझिसकेको थियो । पप्पुसंग सम्झौता तोडेपछि उक्त विवाद उच्च अदालतसम्म पुगेको थियो । तर अदालतले उक्त निमार्ण कम्पनीलाई कालो सूचीमा पारेपछि निमार्णको काम सुरु गर्न बाटो खुलेको थियो । ठेक्काको अवधि एक वर्ष बा“की रहेका कारण पछिल्लो पल्ट सरुवालाई दिइएको हो । उक्त कम्पनीेले थपेको म्यादमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

     

  • ४ फाल्गुन २०७७, मंगलवार ११:०४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार