सल्यान । भिरबाट लडेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । बाख्रा सँगै घाँस बोकेर घर फर्किने क्रममा बुधबार दिउँसो घर नजिकैको भालुखोला भन्ने भिर बाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताएका छ्न । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको सल्यान प्रहरी प्रमुख डिएसपी थापाले जनाएका छ्न । उक्त महिलाको शव बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरी प्रमुख थापा भनाई छ । शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यान राखिएको प्रहरी प्रमुख थापा जानकारी दिएका छ्न ।