प्राविधिक कारणले नेपालगन्ज फोटो फेस्टिवल स्थगित - Dastabej

प्राविधिक कारणले नेपालगन्ज फोटो फेस्टिवल स्थगित


  • दस्तावेज

  • प्रजातन्त्र दिवसको अवसरमा शुक्रबारदेखी आयोजना गर्न लागिएको दोस्रो नेपालगन्ज फोटो फेस्टिवल प्राविधिक कारणले आगामी फागुन १८ र १९ गते गरिने भएको छ ।
    ‘यसबाट पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौं’– अन्तरालका अधिकृत गणेश राईले भने ।
    फेस्टिवललाई अझै भव्यता दिने गरी तयारी भैरहेको छ । फेस्टिवलमा फोटो पठाउन छुटेका व्यक्तिहरुको लागि फागुन १५ गते सम्म समय थप गरिएको छ । फोेटो प्रतिस्पर्धाका लागि ६ विधाहरुमा पठाउन सकिनेछ । फेस्टिवलमा समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद र नेपाल स्माइल(जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ भने फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । फेस्टिवलको प्रतिस्पर्धाबाट छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनमा राखिनेछ । नेपालगन्जसँगै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनीमा राखिनेमा अन्तरालका अधिकृत राईले बताए ।
    फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । नेपालका वरिष्ट फोटोपत्रकारले उक्त कार्यशाला सहजीकरण गर्नेछन ।
    यसैगरी फेस्टिवलका अवसरमा प्रतिस्पर्धामा छनोटमा भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबिच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ ।

  • ६ फाल्गुन २०७७, बिहीबार २०:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता