‘नयाँ’ नरैनापुर - Dastabej

‘नयाँ’ नरैनापुर

कोरोना महामारी प्रभाव


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज । क्वारेन्टाईनमा बसेका बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ५ का ६ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष कृष्ण चन्द्र मौर्यको होस गुम्यो । संक्रमितलाई कहाँ राख्ने ? कसरी गर्ने ? अब वडा नै सखाप भो भन्दै त्रसित बने । संक्रमितहरुलाई जेनतेन गरेर नेपालगन्जको आइसोलेसनमा पठाउन भ्याए । तर त्रास भने हटेन । संक्रमितहरुको सम्पर्कमा रहेका कन्टे«क्ट टे«सिङ गर्दा संक्रमितहरु थपिदै गए । संक्रमित थपिएसंगै स्थानीय विद्यालयमा बनाइएको क्वारेन्टाईनमा बसेका नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय अनिश नाउँको बैशाख ४ मा भै मृत्यु भएपछि वडाध्यक्ष मौर्य थप त्रसित बने । अनिशको मृत्युको घटनाले जिल्लाभर ‘आतंक’ फैलियो । ‘मान्छेसित मान्छे’ डराउन बेला उनको शव छुने आँट कसैले गरेनन । दिनभर विद्यालय परिसरमा अलपत्र शव रातिमात्रै नेपाली सेनाले व्यवस्थापन गरेको थियो । गत वर्ष दसैं मनाएर भारत गएका उनी त्यहाँ लकडाउन सुरु भएपछि बेरोजगार बनेर गत बैशाख ३० गते घर फर्किएका थिए । स्थानीय नाकाबाट भित्रिएका उनी क्वारेन्टाइनमा बसेका थिए । त्यही उपचार नपाएरै उनको मृत्यु भयो । क्वोरेन्टाइन अव्यवस्थापन र लापरबाहीले बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुर मुलुकमै कोरोना ‘हटस्पट’ बन्यो । कोरोना भाइरसका कारण जिल्लामा मृत्यु भएको उक्त घटना पहिलो थियोे । ‘मेरो वडाका स्थानीयमा पहिलो पल्ट कोरोना संक्रमण देखिएपछि होसै गुम्यो । एक जनाको मृत्यु भएपछि गाउँमा आतंक फैलियो,’ वडाध्यक्ष मौर्य भन्छन्,‘तर अहिले आएर नरैनापुरमै कारोनाको त्रस हटेको छ । संक्रमित विरामीहरु पनि देखिएका छैनन् ।’
    नरैनापुरलाई बॉकेको कर्णाली भनिन्छ । भौतिक पुर्बधार निकै कम छन् । सुगम भएर पनि भौतिक पुर्बधार र विकासमा पछि छ । त्यसैले भारतबाट फर्किएका स्थानीयलाई बिद्यालयमै क्वारेन्टाईनमा राखिएको थियो । तिनै क्वारेन्टाईनहरु नै कोरोना भाइरसको हटस्र्पोट बनेको थियो । कोरोना भाइरसको महामारी भारतमा फैलिएपछि सरकारले नेपाल—भारत चैत्र ९ गतेदेखि सीमा गएको बन्द ग¥यो । तर भारतबाट घर फर्किने नेपालीहरुको सीमामा ओइरो लाग्यो । स्थानीय प्रशासनको पहलमा सीमा फसेका स्थानीयलाई क्वारेन्टाईनमा राखिन्थ्यो । एउटै क्वारेन्टाईनमा सय जना बढीलाई राखिएका कारण संक्रमण बढेको थियो । १ सय १६ जना बढीमा कोरोना संक्रमण पुष्टि भएपछि अवस्था भयाभव बनेको थियो । नरैनापुरमा आईसोलेसन नभएका कारण नेपालगन्जको डेन्टल अस्पताल, खजुरा क्यान्सर अस्पताल र कोहलपुरस्थित कृषि विकास बैंकको खाली कोठामा राखियो । स्थानीयहरुले आइसोलेसन राखेको भन्दै बिरोध जनाए । तर स्थानीय प्रशासनको सहयोगमा विवाद सुल्झियो । १४ दिनको आइसोलेसन बसाईपछि नरैनापुरका सबै संक्रमित कोरोना जितेर घर फिर्ता भएका छन् । हाल नरैनापुर गाउ‘पालिका कोरोना मुक्तजस्तै भइसकेको छ । पालिका र स्थानीय प्रशासनको सहयोगमा कोरोना संक्रमण नियन्त्रणका लागि नरैनापुर नमुना बनेको छ । ‘सबैको प्रयासमा समुदायमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सफल भयौ‘,’ पालिका प्रमुख इस्तियाक अहमद शाह भन्छन्,‘आइसोलेसन नहु‘दा निकै समस्या भएको थियो ।’ स्थानीय प्रशासनको सहयोगमा संक्रमतिहरुलाई नेपालगन्जको आइसोलेसनमा ल्याउने र कन्ट्र«««ाक्यट टे«सिङमा जोड दिइएका कारण कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समयमै सम्भव भयो । हाल नरैनापुरमा हाल कोरोना देखिएको छैन । तर परिक्षण पनि छैन । भारतबाट आउजाउ भइरहने भएकाले कोरोना भाइरसको संक्रमणको त्रास अझै हटेको छैन । ‘नेपाल—भारत सीमा भएर सर्वसाधारणहरुको आउजाउ भइरहेको छ । तर संक्रमण भने पूर्णरुपमा नियन्त्रणमा आएको छ,’ नरैनापुर गाउँपालिकाका प्रमुख शाह भन्छन्,‘अब हाम्रो पालिकामा कोरोनाको त्रास हटेको छ । बिद्यालय खुलिसकेको छ ।’
    नरैनापुरले भारतबाट भित्रीनेहरुका लागि भन्दै चैतमै ४ स्थानमा हेल्थ डेस्क संन्चालनमा ल्याएको थियो । त्यतिबेला भारतबाट अन्दाजी ५ सयको हारहारीमा स्थानीय फर्किने अनुमान गरिएको थियो । त्यसरी नै तयारी गरियो । लकडाउनको सुरुवाती सातामा त नरैनापुरमा एक सय ५० जनामात्रै घर फर्किए । उनीहरुलाई क्वारेन्टाईनमा राखिए । तर पछिल्लो तीन दिनमा एकैपल्ट ९ सय व्यक्ति भारतबाट आएपछि गाउं“पालिकाले धानेन् सक्ने अवस्था रहेन । त्यसपछि गाउंँपालिकाले बैशाख ३० बाट दोस्रो चरणको क्वारेन्टाईन निर्माण सुरु ग¥यो । भारतबाट आउनेको संख्या बढेपछि गाउ‘ंपालिकाले १९ स्थानसमा क्वारेन्टाईन बनायो । त्यहॉ पनि कोचाकोचको अवस्था थियो । दुरी कायम गर्न समस्या थियो । एउटै शौचालय । एउटै धारा धेरैले प्रयोग गर्दा क्वारेन्टाईनमै संक्रमण फैलियो । तर परिक्षणपछि ठूलो संख्यामा संक्रमण पुष्टि नभएपछि घर फर्काइयो । क्वारेन्टाईनमा बस्नेको संख्या कम हु‘लै गएपछि पालिकालाई सहज बन्दै गयो ।
    लकडाउन लम्बिदै जाँदा र पछिल्ला दिनमा सिमावर्ती भारतिय शहरहरुमा लकडाउन खुकुलो हुँुंदा त्यसको सोझो मार सिमावर्ती नरैनापुर गाउँंपालिकालाई परेको हो । ११६ जनामा संक्रमणको पुष्टी भईसेको थियो । ति मध्ये क्वारेन्टाईनको ब्यवस्थापनमा खटिएका एक जनाबाहेक अरु सबै भारतबाट आएका थिए । लकडाउनका सुरु भएयता नरैनापुरमा मात्रै कम्तिमा पनि २ हजार भारतबाट आईसके । संक्रमितको संख्या बढ्दै गएको र भारतबाट आउनेहरुको क्रम पनि नरोकिएपछि जेठ १० मा नरैनापुर गाउ“ंपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र नै लेखेर संक्रमण नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै उच्चस्तरिय चिकित्सकको टोली पठाईदिन र थप सुरक्षाकर्मी परिचालन गरिदिन भन्दै पत्र लेखेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि गृह मन्त्रालय र प्रदेश ५ सरकारलाई पनि पठाईएको थियो । सरकारले नरैनापुरका लागि चिकित्सकसहित स्वास्थ्यकर्मी पठायो । संक्रमण नियन्त्रणमा आयो । ‘कोरोना संक्रमणको महामारी सुरुवातीमा निकै डर लागेको थियो । बाचिन्छ कि बा“चिदैनजस्तो लाग्थ्यो । तर अहिले कोरोना हाम्रो गाउ“मा छैन,’ स्थानीय चन्द्र खा“ले खुसी जनाए ।
    पहिलो चरणमा हट स्र्पोट बनेको बा“केको दुर्गम नरैनापुर गाउँपालिकामा कोरोना संक्रमण शुन्यमा झरेको अभिलेख सार्वजनिक गरिएको छ । तर संक्रमण शुन्यमा झर्नुको कारण भने कोरोना नियन्त्रण भइसकेको होईन । उक्त पालिकामा पीसीआर परीक्षण गर्न पूर्णरुपमा बन्द गरिएपछि शुन्यमा झरेको देखिएको हो । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको मात्रै पीसीआर परीक्षण गर्ने निर्देशिका ल्याएयता नरैनापुरमा कसैले पनि परीक्षण गराएका छैन । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँ भन्छन्,‘कोरोनाको लक्षण छ भनेर पनि कोही सम्पर्कमा आएका छैनन् ।’ सुरुमा क्वारेन्टाईमा धान्नै समस्या भएको पालिकामा कोही पनि क्वारेन्टाईन र आइसोलेसनमा छैनन् । ‘पीसीआर परीक्षण नगरेपछि संक्रमण कसरी देखिन्छ ? संक्रमण नदेखिएपछि आईसोलेसन खाली हुने नै भए,’ स्वास्थ्य शाखा प्रमुख खाँले भने ।
    स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नरैनापुर पालिकालाई एउटा क्लस्टर बनाएर कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रयास गर्दा सफल भएको बताए । कवारेन्टाईनमा बसेका एक सय बढी जनामा संक्रमण देखिए लगत्तै कन्ट्रयाक ट्रेसिङमा बढी जोड दिइएकाले समयमै महामारी नियन्त्रण भएको उनले बताए । ‘संक्रमितहरुको सम्पर्कमा रहेका सबैजसोको पीसीआर परीक्षण गरिएकाले महामारी नियन्त्रणमा सहज भयो,’ उनले भने ।
    महामारीपछि परिवर्तन
    नरैनापुर गाउँपालिकाले कोरोनाको सक्रमण नियन्त्रण बाहिर गएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि गृह मन्त्रालय र प्रदेश ५ सरकारलाई पनि पठाएपछि सरकार सुन्न बाध्य भयो । नेपालगन्जबाट ३४ किलोमिटर पुर्व दक्षिण लागेपछि पुगिने नरैनापुरमा पहिलो पल्ट २१ औँ शताब्दीमा बिजुली पुगेको छ । राप्ती नदीको कटानलाई मात्रै छोडने हो भने भारतको उत्तरप्रदेशको श्रावस्ती जिल्लासंग जोडिएको नरैनापुर दुर्गम गाउंँ होईन । तर दुर्गम देखिनका लागि यो गाउँपालिकासंग पर्याप्त विशेषताहरु छन् । गाउँवासीले बिजुलीको पोल देखेको त दुई दशक भन्दा बढीभईसक्यो । तर कोरोनाको हटस्र्पोट बनेपछि नरैनापुरले बिजुली देख्न पाएका छन् । बिजुलीबिहिन नरैनापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने भन्दै बिद्युतीकरण गरिएको हो । क्षेत्रीय बिद्युत प्राधिकरणको पहलमा रातदिन काम गरी बिजुली पुर्याइएको छ । कोरोनाको महामारीका बीचमा स्थानीयहरुको बिजुली बाल्ने सपना पूरा भएको छ । ‘बिजुलीको पोल गाडेको २० वर्षभन्दा बढी भइसकेको थियो । तर बिजुली थिएन । अस्पतालमा विरामी राख्नका लागि भए पनि गाउँमा बिजुली आएको छ,’ स्थानीय त्रिभुवन याद भन्छन् । उक्त पालिकामा १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहां मुस्किलले दरबन्दीसहितको चिकित्सक भेटिन्छन् । अनि स्थानीयबासी आधारभूत स्वास्थ्य सुविधाका लागि पनि नेपालगंज धाउनुको विकल्प थिएन । कोरोनाको महामारी सुरु भएपछि नरैनापुरले चिकित्सक पाएको छ । स्वास्थ्यकर्मी बढाइएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका सुविधा बढाइएका छन् । स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउन थालेका छन् । ब्याप्त गरिबी, भूमिहिनको ठुलो जनसंख्या र कमजोर साक्षरताका कारण भुगोलले विकट नभएपनि नरैनापुरको दुःख चर्को छ । यहॉको दैनिक जीवन भारतीय शहरसंग जोडिएको छ । स्वास्थ्य अवस्था निकै दयनीय छ । तर कोरोनाको महामारी सुरु भएपछि स्थानीयले सरसफाईलाई महत्व दिन थालेका छन् । घर अगाडि गोबर फाल्छन् । बालवालिकाहरु सडक मै दिशापिसाब गर्थे । कोरोनाबाट बच्न सरसफाईमा जोड दिइएपछि सर्वसाधारणहरुमा केही हदसम्म सचेतना आएको स्थानीय बताउछन् । ‘कोरोनाको महामारी पहिले भन्दा अहिले गाउँमा परिवर्तन आएको छ । बिजुली आयो । स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी बस्न थालेका छन्,’ स्थानीय यादवले भने ।

     

  • ७ फाल्गुन २०७७, शुक्रबार ११:१९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा