‘हत्कडी’ वाला एसपी - Dastabej

‘हत्कडी’ वाला एसपी

जसले ५३२ फरार व्यक्तिलाई हत्कडी लगाईसके


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेका प्रहरी प्रमुख एसपी ओम राना फरार अपराधी र अभियुक्तहरुका लागि हत्कडी साबित भएका छन् । उनले बाँकेको जिम्मेबारी समहालेयता ५३२ जनालाई हत्कडी लगाईसके । यो क्रम अझै जारी छ । पाँच वर्षअघि नेपालगन्जको धम्बोझी चोक नजिकै खुडा प्रहार गरी चेतन मानन्धरको हत्या काण्डमा ंसंलग्न फरार व्यक्ति हुन वा ज्यान मुद्दा अदालतबाट सजाय पाएका अपराधी । बाँकेका प्रहरी प्रमुख एससी ओम रानाका अगाडि फरार अपराधीहरुको केही सिप लागेन । उनी बाँके आएलगत्तै जेल सजाय पाएका व्यक्तिहरु धमाधम पक्राउ पर्न थाले । चोरी, डाँका, लागुऔषध कारोबारी हुन वा मानव बेचबिखनका अभियुक्त । लुकीछिपी बसेका अभियुक्तहरुको सुक्षम खोजी गरी जेल पठाएर एसपी राना चर्चामा आए । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार खजुरा गाउ“पालिका ८ का आजात खा“लाई २३ वर्ष पछि पक्राउ गरियोे । उनले खजुरा गाउँपालिका रनियापुर बस्ने १९ वर्षीय नुर सलाम खा“लाई छातीमा गोली हानी घाँटी रेटी हत्या गरेको पुष्टि भएको भन्दै बा“के जिल्ला अदालतले उक्त सजाय सुनाएको थियो । ०५४ भएको हत्या घटनापछि फरार उनलाई गत भदौमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
    बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका नरैनापुर गाउ“पालिका २ का ३४ बर्षीय हेमन्तकुमार शर्मालाई पनि एसपी रानाले ११ वर्षपछि पक्राउ गरेरै छोडे । चेतन मानन्धर हत्याकाण्डमा संलग्न एक व्यक्ति मलेसीया छन् । उनलाई पनि पक्राउ गरेर नेपालगन्ज ल्याउने प्रतिबद्धता एसपी रानाले जनाएका छन् । सशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध हत्या, अपहरण, ज्यानमार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम अशुलीलगायतका आधा दर्जन भन्दा बढी घटनामा संलग्न डुडुवा गाउ“पालिका ३ वस्ने धर्मा सिंह भन्ने राजेश यादवलाई वडा न. ५ बाट तरवार र चक्कुसहित पक्राउ गरियो ।
    एसपी राना बाँके प्रहरी प्रमुख भएयता ५३२ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेका छन् । समाजमा दण्डहिनता नबढोस भन्दै फरारीहरुलाई धमाधम पक्राउ गरिएको उनले बताए । कोरोनाको महामारी सुरु भएपछि नेपाल भारत नाका बन्द भएको मौका छोेपेर उनले फरारहरुलाई पक्राउ गरी जेल कोचे । एक सय बढी फरार व्यक्तिहरु आफै अदालतमा आत्मसर्मण गरे । ‘भागेर पनि नजोगिने देखिएपछि एक सय फरार व्यक्ति अदालतमा आफै हाजिर भएका छन्,’ एसपी रानाले भने,‘अझै पनि फरार अपराधीहरुको खोजि भइरहेको छ ।’उनका अनुसार अदालतबाट सजाय सुनाइएका व्यक्तिहरुलाई पक्राउ गर्न छुट्टै टोली परिचालन गरिएको छ ।

     

  • ९ फाल्गुन २०७७, आईतवार १०:४९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ