क्षमता बिकास तथा नेतृत्व हस्तान्तरण तालिम – Dastabej

क्षमता बिकास तथा नेतृत्व हस्तान्तरण तालिम


  • दस्तावेज

  • बर्दिया । बर्दियाको बाँसगढी ७ छोटकी डेउढामा ३ दिने माकुरा समुह क्षमता बिकास तथा नेतृत्व हस्तान्तरण तालिम सुुरु भएको छ । तालिमको उद्घाटन आइतबार बाँसगडी नगरपालिकाका उपमेयर सुस्मा चौधरीले व्यानर बाचन गरेर उद्घाटन गरिन । उपमेयर चौधरीले संस्थाले बाटो देखाई दिने मात्रै हो, बाँकी स्थानीय आपैmले काम गर्नु पर्ने बताईन । साझा सम्पत्तिको संरक्षण गर्नु स्थानीयको प्रमुख दायित्व रहेको उनल प्रस्ट पारिन । उपमेयर चौधरीले चकियाबाबा समुदायिक बनको बिवाद समाधानका लागि माकुरा समुहले अवश्यकता र समास्या पहिचान गरेर सक्रियताका साथ लागेर बिवाद समाधन गर्नका लागि आग्रह गरिन । बाँसगढी नगरपालिका ७ को चाकिया समुदायिक बनमा स्थानीय र बनका पदाधिकारीहरु बिच बिगत लामो समय देखि बिवाद हुदै आएको छ । प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले समुदायिक बनको बिवाद समाधनका लागि माकुरा समुह गठन गरेर तालिमको आयोजना गरेको छ । सामुदायिक बनको बिवाद समाधनका लागि माकुरा समुहले कसरी काम गर्नु, उक्त क्षमता प्रदान गर्न र बिवाद समाधनमा नेतृत्व गर्नका लागि तालिम आयोजना गरेको प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल पश्चिम संयोजक बल्लु चौधरीले बताए । बिश्वस र आपसी छलफलको कमीका कारण बिवाद सृजन हुने गरेको चौधरीको भनाई थियो । केन्द्रले जल, जंगल, जमिन संग सम्बन्धित बिवाद समाधनका लागि बिगत केही बर्ष देखि काम गर्दै आएको छ । पहराम थारुको अध्यक्षतमा १५ सदस्य माकुरा समुह गठन गरिएको छ । तालिम फागुन ९ गते देखि ११ गते सम्म चल्ने आयोजकले जनाएको छ । तालिम उद्घाटन कार्यक्रममा प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बर्दियाका संयोजक मजिउल्ला खाँ, सहजकर्ता सबिना चौधरी लगायत् स्थानीय बरघर, बुद्धिजीबी लगायत्को सहभागिता रहेको थियो ।

  • ९ फाल्गुन २०७७, आईतवार १७:०४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ