नेपालगन्ज । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको संसद बिघटन सर्बोच्च अदालतले पुर्नस्थापना गरेपछि सत्ता समिकरणका लागि संसद संख्या अंक गणित जोड घटाउ सुरु भएको छ । सत्ता समिकरणका लागि नेकपा दाहाल र नेपाल समूहका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा र जसपका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुसंग भेट गरेका छन् । त्यस्तै नेकपा केपी समूहले पनि कांग्रेस सभापति देउवासंग छलफलमा जुटेका छन् । प्रतिनिधिसभको संख्या २७५ छ । बहुमतको सरकार बनाउन १३८ सांसदको समर्थन जुटाउनु आवश्यक छ पर्छ ।
प्रतिनिधिसभामा नेकपाकाको कुल १७३ सांसद छने , नेपाली कांग्रेसको ६३ को सहभागिता छ । जनता दल समाजवादी पार्टीको ३४ र साना दल एवं स्वतन्त्रका तर्फबाट चार सांसद छन्। हाल नेकपातर्फ एक सांसदको पद रिक्त छ । नेपाली कांग्रेसको र जनता दल समाजवादीका दुईदुई सांसद निलम्बित रहेको संसद छन् । नेकपाका एकदुई सांसदले आफू कुनै पनि पक्षमा नलाग्ने धारणा सार्वजनिक गरेका थिए। नेकपाको विभाजनसँगै प्रचण्ड(माधव नेपालको पक्षमा करिव ८८ र प्रधानमन्त्री ओलीको पक्षमा लगभग ८५ जना सांसद भएको दाबी गरिएको छ । यो परिस्थितिमा नेकपाको दुवै पक्षलाई नयाँ सरकार गठनका निम्ति प्रमुख विपक्षी नेपाली कांग्रेसको समर्थन अनिवार्य रहने राजनीतिक बिशेलेषकहरु बताउँछन् ।